धादिङ २१ असार
धादिङको रुविभ्याली गाँउपालिकाले आफ्नो पालिकाको डिजिटल प्रोफाईल सार्वजनिक गरेको छ । शुक्रबार गाँउपालिकाले एक भव्य कार्यक्रमको आयोजना गर्दै रुविभ्याली डिजिटल प्रोफाईलको सार्वजनिक गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामसिङ तामाङ उपाध्यक्ष फेलामा तामाङ र प्रमख प्रशासकिउ अधिकृत राजाराम खतिवडा , विभिन्न वडाको वडा अध्यक्षहरु रेडियो विहानीको स्टेशन म्यानेजर निर तामाङ लगायत गाँउपालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि अधिकारीले रुवीभ्याली गाउँपालिका लाई संसारको जुनसुकै स्थानमा रहेर हेर्न सक्ने, बुझ्न सक्ने गरेर उक्त डिजिटल प्रोफाईल निर्माण गरेकोमा गाँउपालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले उक्त प्रोफाईलमा सम्पुर्ण जनतालाई आवश्यक पर्ने तथ्याङ्कहरु रहेको र यादि केहि छुटपुट तथ्याङ्कहरु पछि समावेश गराईन्छ भन्ने कुरामा आफु विश्वस्त रहेको पनि बताउनुभयो ।
त्यस्तै गाउपालिका अध्यक्ष तामाङले प्रोफाईल तयार गर्दा कतिपय कुराहरु थप्नुपर्ने र कतिपय कुराहरु सुधार गर्नुपर्ने रहेको बताउनुभयो । उहाँले प्रोफाईल निर्माण संगसंगै रुवीभ्याली गाँउपालिकालाई समय सापेक्ष रुपमा समृद्ध बनाउदै लैजाने प्रयास गरेको बताउनुभयो ।
कुनै पनि कार्य र हरेक योजना गाउँपलिकाको अध्यक्षको पहलमा मात्र नभई सम्पुर्ण गाउँपालिकाका सचेत नागरिक जनसमुदाय लगायत राष्ट्रसेवक कर्मचारीको साथ र सहयोगले मात्र सफल बनाउन सकिने बताउनुभयो ।
अध्यक्ष तामाङले आगामी दिनमा पनि उक्त प्रोफाईलमा आवश्यक पर्ने हरेक तथ्याङकहरुलाई अपडेट गर्नका लागि सबैजना एकसाथ हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै उपाध्यक्ष फेलामा तामाङले हरेक वस्तुको चित्र हेरेर चरित्र सजिलै पत्ता लगाउन सक्ने हुदा समृद्ध रुवीभ्यालीको विकास र परिकल्पनाको आधार गाउँपालिकाको डिजिटल प्रोफाईलले मार्ग निर्देश गर्ने बताउनभयो ।
प्रतिक्रिया दिनुहोस