धादिङ २१ असार
नेपाल रेडक्रस सोसाईटी धादिङ शाखालाई एम्बुलेन्स हस्तानतरण गरिएको छ । शुक्रबार धादिङ शाखाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरि बागमति प्रदेशसका पुर्ब सांसद जगत बहादुर सिंखडाको प्रमुख आतिथ्यतामा हस्तानतरण गरिएको हो ।
२५ लाख लागतमा खरिद गरेको एम्बुलेन्समा फोर ह्वील सिस्टम,एसी सेवासहित प्राथमिक उपचारका औषधीहरु,ईमरजेन्सी समस्यका उपकरण लगायत उक्त एम्बुलेन्समा जडान गरेको छ ।
“पुरानो जिर्ण अवस्थामा रहेको एम्बुलेन्सको अवस्था देखेर धादिङका जनतालाई आपत विपत र बिरामीको समयमा सजिलै उपयोग गर्न मिल्ने गरि सिधैँ रेडक्रसलाई बजेट विनियोजन गर्न नमिले पनि संविधान र कानुनी मान्यतामा रहेर त्रिपुरासुन्दरी गाउँपालिकासंगको समन्वयमा नयाँ एम्बुलेन्स खरिद गर्ने गरी बजेटको प्रबन्ध मिलाएको हो”–पुर्ब साम्सद सिंखडाले भन्नुभयो ।
बजेटको हिसाबले कम लागत भएपनि यसले मानिसको जीवन बचाउने र जीवन दिने हुँदा यो भन्दा अरु ठुलो कुरा हुन सकिदैन भनेर निर्वाचन क्षेत्र भन्दा जिल्लालाई नै सेवा बिस्तार गर्न सकिने गरि व्यवस्था मिलाएको हो उहाँले भन्नुभयो ।
पुर्ब साम्सद सिंखडाले एम्बुलेन्स नितान्त मानवीय सेवामा तत्पर हुनुपर्ने बताउँदै गलत रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । लागुऔषध ओसार पसार लगायतका तस्करजन्य कार्यहरु एम्बुलेन्स मार्फत गर्ने गरेको तथ्यहरु विभिन्न सामाजिक सञ्जालमा देखिदा दुःख लागेको बताउनुभयो । एउटा मानिसले आर्को मानिसको जीवन बचाउने वा गुमाउने भन्ने चालक र संचालक समितीको जिम्मेवार महत्वपुर्ण भएको हुदा यसबारे सजकता हुन आग्रह गर्नुभयो ।
जिल्लाभित्र विभिन्न संस्थाले संचालन गर्ने गरेको एम्बुलेन्समा हालसम्म ७१ वटा एम्बुलेन्समा नागरिक सहजताका लागि जिपिएस सिस्टम राखिएको छ तर लागु भने हुन सकेको छैन ।
एम्बुलेन्स खरिदको लागि आवश्यक वजेट विनियोजन गरि नयाँ एम्बुलेन्स हस्तानतरण गरिदिएकोमा सभापति दुर्लभकुमार तामाङले पुर्ब साम्सद सिंखडालाई धन्यवाद दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला सभापति दुर्लभ कुमार तामाङको सभाध्यक्षता प्रमुख अतिथि जगत बहादुर सिंखडा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका सभापति राजाराम शर्मा,विभिन्न समाजसेवी व्यक्तित्वहरु,जिल्ला भित्रका कृयाशिल पत्रकारहरु,रेडक्रस पद्धाधीकारी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस