धादिङ २० असार
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको धादिङ आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आज सदरमुकाम स्थित सिटी हलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै माध्यमिक शिक्षा परिक्षा एसईई २०८० मा उतिर्ण सम्पुर्ण विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय ईकाईका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीहरुको अबको शैक्षिक यात्रामा अभिभावकले पनि भरपुर सहयोग गर्नुपर्ने बताउनुभयो । अहिलेको जमानामा आफ्नो बालबालिकालाई आफुसंगै राखेर भन्दापनि आफ्नो नजरमा राखेर उनिहरुको ईच्छा बुझेर सोही अनुरुप उनिहरुलाई अगाडी बढ्न र शैक्षिक यात्रा रोज्न दिनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानध्यापक ईश्वरी प्रसाद पाण्डेले विद्यार्थीको अहिलेको नतिजाले भविश्यमा सबै खालको विषय अध्ययन गर्ने मिल्ने भएको बताउनुभयो । उहाँले आफ्नो सुनौलो भविष्य निर्माण गर्नका लागि अरुको ईच्छा अनुरुप भन्दा पनि आफ्नो रुचि अनुरुपको विषय छनौट गर्न आग्रह गर्नु भयो ।
उहाँले सम्पुर्ण विद्यार्थीहरुलाई आगमि उज्जवल भविष्यको कामना गर्नुहुदै विद्यार्थीको हरेक सफलताले शिक्षकलाई खुसी मिल्ने बताउनुभयो । विद्यालयमा विगत १८ वर्ष देखि +2 सञ्चालन भएको बताउनुहुदै व्यवस्थापन संकाय तर्फ अध्ययन गर्न रुचि हुने हरुले सोहि विद्यालयमा आउन सक्ने पनि बताउनुभयो ।
त्यस्तै सम्पुर्ण अतिथिहरुले विद्यार्थीहरुलाइृ शुभकामना व्यक्त गर्नुहुदै जुनसुकै विषय पढे पनि त्य विषयलाई राम्रो लगनका साथ मिहेनत गरेर पढ्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस