धादिङ १९ असार
आयुर्वेद चिकित्सा पद्धतिबाट मानिसहरु प्रभावित बन्दै गईरहेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कका अनुसार ५९हजार ८ सय २१ जनाले आयुर्वेद सेवा लिएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङबाट २३ हजार ५ सय ४६ जना , नागरिक आरोग्य सेवा केन्द्रबाट ११ हजार ५ सय ७३ र आयुर्वेद औषधालयबाट २४ हजार ७ सय ०२ जना गरि ५९८२१ जनाले सेवा लिएका हुन् ।
बुधबार बागमति प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयुर्वेद सेवा प्रवद्र्धन गर्न सदरमुकाम धादिङबेशीमा जिल्ला भित्रका पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्ला आयुर्वेद धादिङका प्रमुख डाक्टर अमुल्य दाहालले आयुर्वेद सेवा केन्द्रले प्रदान गर्दै आएको सेवाहरुको बारेमा जानकारी गराउनुभएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले प्रमुख आतिथ्यता ग्रहण गर्नुहुदै कुरिलोको बोटमा पानी हालेर उद्घाटन गर्नुभएको कार्यक्रममा धादिङ अस्पतालका निर्देशक डा. गगन अधिकारी, जनस्वास्थ्य कार्यलय धादिङका कार्यलय प्रमुख विभु कुमार झा लगायत जिल्ला भित्रको पत्रकारहरुको विशेष आतिथ्यता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहनुभएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले पछिल्लो समयमा आयुर्वेद सेवा प्रति आम नागरिकहरुको विश्वास बड्दै गएको बताउनुभएको छ । आयुर्वेद सेवाको बारेमा अझै पनि नागरिकहरुलाई जानकारी नभएको हुनाले आम संचार माध्यमबाट प्रसारण र प्रकाशन गरि सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ को असार १५ गतेसम्म २३ हजार ५ सय ४६ विरामीहरुले सेवा लिएका छन् । जसमध्ये बहिरंग सेवा ८ हजार ३८ जना, जेष्ठ नागरिक १ हजार ९ सय ४०, स्तनपायी आमा १सय ६९, पूर्वकर्म÷पञ्चकर्म ४ हजार ८ सय ३७, प्याथोलोजी ल्याब ४ हजार ५ सय ७२, अकुपन्चर सेवा १ हजार ६ सय ५९, फिजियोथेरापी सेवा ९ सय ९०, योग सेवा ७ सय ७८ र स्वास्थ्य शिविर ५ सय ६६ जनाले सेवा लिएको डा.अमुल्य दाहालले बताउनुभयो । त्यसैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा २३ हजार ५ सय ४६ जना, नागरिक आरोग्य सेवा केन्द्रमा ११ हजार ५ सय ७३ जना र आयुर्वेद औधालयमा २४ हजार ७ सय २ गरि जम्मा ५९ हजार ८ सय २१ जनाले सेवा सेवा लिएको दाहालले जानकारी दिनुभयो । आयुर्वेद सेवा केन्द्रले निशुल्क रुपमा बहिरंग सेवा ,प्याथोलोजी ल्याब, पूर्वकर्म÷पञ्चकर्म, अकुपंचर सेवा ,फिजियोथेरापी सेवा, २३ प्रकारका औषधि वितरण र सशुल्क फार्मेशी सेवा प्रदान गरिरहेको छ ।
यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम र स्तनपायी आमालाई दुग्धवर्धक औषधी वितरण लगायतका विभिन्न कार्यक्रमहरु पनि संचालन गरेको डा अमुल्य दाहालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस