धादिङ १७ असार
डिभिजन वन कार्यालय धादिङले वन तथा वातावरण संरक्षण सम्बन्धि नियुक्त गरिएको हरित दस्ता स्वयंसेबकहरुलाइ बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी र प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेको विशिष्ट आतिथ्यतामा हरित स्वयंसेबकहरुलाइ दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
गत फागुन १ गते बाट लागु हुने गरि बन तथा वातावरण संरक्षणको लागि १२ जना हरित स्वयंसेवकलाई कानुनी विधि प्रक्रिया पुर्याएर छनौटबाट नियुक्त गरिएको थियो । उक्त कार्यक्रमकै अवसरमा बन संरक्षण अभियान्ता भुमीरमण नेपाल , हलुका सवारी चालक,बन रक्षक लगायतलाई समेत सम्मान गरिएको थियो ।
धादिङका १३ वटै स्थानीय तहले हरित दस्ता नियुक्ति गरि हरेक बर्षको माघ महिना देखी असार १५ सम्म (६ महिनाको अवधि ) बन तथा वातावरण संरक्षण,डढेलो नियन्त्रण, बन पैदावरको संरक्षण,सार्वजनिक स्थलको संरक्षण,बिपदको घडीमा उद्वार लगायतका कार्यहरुमा परिचालन गरि समुदायमा हुने ठुलो धनजन तथा जोखिमको क्षतिबाट जोगिन सकिने सहभागी अतिथिहरुको भनाइ छ ।
उक्त हरित दस्त स्वयंसेवकले बन डढेलो नियन्त्रण,विभिन्न सामुदायिक बन र कबुलियत बनका पत्कर सङ्कलन,अग्निरेखा निर्माण,माइकिङ सचेतना अभियान , बृक्षारोपण,सालक बचाउ अभियान ,बन्यजन्तु उद्वार र ब्यबस्थापन,सार्वजनिक स्थल सरसफाइ र रङ रोगन, बिरुवा बितरण लगायतको कार्यहरू संचालन गरेको थियो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय अधिकारी रामश्राय यादव , बन अधिकृतहरु, ससस्त्र प्रहरी बल १४ नम्बर गुल्मका प्रमुख डिएसपी राजकुमार कडेल,बन संरक्षणका अगुवा अभियान्त,नेपाल रेडक्रस धादिङका सभापति दुर्लभ कुमार तामाङ ,पत्रकारहरु लगायत विभिन्न सरोकारवाला ब्यक्तित्त्वहरुको सहभागी रहेको थियो ।
गत फागुन १ नियुक्ति भएको हरित स्वयंसेवक दस्ताको समय अवधी शनिबार सकिएको छ ।
प्रतिक्रिया दिनुहोस