धादिङ १६ असार
धादिङको सिद्धलेक गाँउपालिकामा विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरिएको छ ।
आईतबार स्वर्गिय कृष्ण नारायण शाक्यको सम्झनामा बलदेवी आधारभुत विद्यालयको आयोजना तथा Hands in Outreach-USA को आर्थिक सहयोग तथा स्वर्गिय शाक्यका पिता बिलमान शाक्यको सहकार्यमा विद्यालयका ३६ जना बालबालिकालाई विद्यालय पोषाक वितरण गरिनुका साथै अभिभावक संग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको बिलमान शाक्यले रेडियो बिहानीलाई बताउनुभयो ।
उहाँले सिद्धलेक गाउँपालिका वडा नम्बर १ को वडा सदस्य समर्पण पाटा मगरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।
वडामा रहेका न्युन आर्थिक अवस्था भएका र जेहेन्दार विद्यार्थीहरुलाई उक्त सहयोगले धेरै राहत मिलेको बताउँनुहुदै सहयोगी दातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस्तै विद्यालयका प्रधानध्यापक पवित्रा थापा मगरले सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुहुदै यस्ता किसिमका सहयोगले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक पवित्रा थापा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाल कुमार पाटा मगर,गंगा राना मगर, कमला शाक्य खड्क मान शाक्य, पुर्ण सिलवाल विद्यालयका शिक्षक शिक्षिका अभिभावकहरुको सहभागिता रहेको थियो ।
स्वर्गीय कृष्ण नारायण शाक्यको सम्झनामा गोरखाको १,नुवाकोटको १,सिद्दलेकको ५ वटा स्कुलहरूमा संस्थाहरू सङ्ग सहकार्य गरेर स्कुल ब्याग, स्कुल ड्रेस ३८६ जना बालबालिका लाभान्वित भएका र अक्षय कोष खडा गरिएको स्वर्गीय शाक्यको पिता बिलमान शाक्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस