गोरखा ०८ मङ्सिर
आरुघाट गाउँपालिका, पशु सेवा शाखाको वार्षिक बिकास कार्यक्रम अन्तर्गत पहिलो चौमासिक कार्यक्रमको लागि स्वीकृत भएको बजेटबाट ५० प्रतिशत गाउँपालिकाको अनुदानमा ९ वटा उन्नत जातको दुधालु भैंसी र ७५ प्रतिशत अनुदानमा २ वटा ब्याड राँगो बितरण गरिएकोछ । सो कार्यक्रमको लागि गाउँपालिकाबाट रू. ७ लाख बिनियोजन गरिएको र कृषकबाट रू. ६ लाख गरी जम्मा रू १३ लाख बजेटबाट उन्नत भैसी र ब्याड राँगो खरिद एवं पशु बीमा गरी विभिन्न वडाका ब्यबसायिक कृषकहरूलाई गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालले हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष दाहालको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष, आर्थिक विकास समितिका संयोजक, गाउँ पालिकाका कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु र व्यवसायिक कृषकहरुको उपस्थिति रहेको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष दाहालले कृषि, पशु लगायत विभिन्न विषयगत क्षेत्रमा विगतका वर्षहरुदेखि नै उचित बजेट विनियोजन गर्दै आएको तथा उक्त बजेटको सही सदुपयोग पनि भएकाले आगामी वर्षहरुमा थप बजेट विनियोजन गर्नलाई हौसला प्रदान गरेको बताउनु भयो । साथै आरुघाट बजारमा खड्किएको दुधको बजारलाई समेत प्रवद्र्धन गर्न छिटै नै दुध डेरी स्थापना हुने, त्यसबाट किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित भई आर्थिक सम्बृद्धि हुने कुरामा जोड दिंदै डेरी स्थापनाको लागि आवश्यक बजेटको ब्यबस्थापन भएको कुरा बताउनु भएको आरुघाट गाउँ पालिकाका पशु सेवा शाखा प्रमुख इन्द्रहरि खनालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस