धादिङ १६ असार
धादिङको नीलकण्ठ नगरपालिकामा महिलाका लागि महिला जनप्रतिनिधि परियोजना वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार वडा नम्बर १४ धुवाँकोटमा स्थित एक कार्यक्रमका बीच नीलकण्ठ नगर कार्यपालिका सदस्य राम्री नेपालीको अध्यक्षता नगर उप–प्रमुख दिपक बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपालको बर्तमान ब्यबस्था अहिलेको सामाजिक समानता सहितको सकारात्मक परिवर्तन र बिकासमा महिलाको ठुलो बलिदानी र सङघर्श सहितको योगदान रहेको कार्यक्रमको प्रमुख अतिथि एबम नगर उप–प्रमुख दिपक बिश्वकर्माले बताउनुभयो ।
महिला क्षमता अभिबृद्दी,सीप बिकास तालिम , भाषाणकला सम्बन्धि तालिम र नेतृत्व बिकास,उत्पादन मुखी कृषि उपजका तालिम लगायतको क्षेत्रमा नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरिरहेको उप–प्रमुख बिश्वकर्माले स्पष्ट पार्नुभयो ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत पुरोषोत्तम सुबेदीले महिला ससक्तीकरण,समान सहभागीता, सामाजिक बिकास र सहकार्यमा समान पहुँच दिलाउने उदेश्यले महिलाका लागि जनप्रतिनिधि परियोजना अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
सामाजिक बिकासमा महिला सहभागीतामा जोड दिई आगामी आर्थिक बर्षमा यस्तो कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको सहभागीको भनाइ छ ।
उक्त कार्यक्रममा १४ नम्बर वडा अध्यक्ष नवराज दुवाडी नगरपालिका सामाजिक बिकास शाखा प्रमुख उर्मिला थपलिया, कार्यपलिका सदस्य मन्जु मगर,शाखा अधिकृत लोकनाथ उपाध्यय , नगरपालिका कर्मचारीहरु,स्थानीय महिला समुह, रेडियो बिहानीका स्टेशन म्यानेजर पत्रकार निर तामाङ , होराइजन खबरका पत्रकार गजेन्द्र गुरुङ,युवा नेता श्री कृष्ण रीजाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस