धादिङ १५ असार
धादिङ गजुरी गाउँपालिका वडा नं २ चारसय फाँट स्थितमा असार १५ विशेष कार्यक्रम धान दिवस सम्पन्न भएको छ ।
गजुरी गाउँपालिकाको कृषि बिकास शाखाबाट आयोजना गरिएको धान दिवस तथा दही चिउरा खाने कार्यक्रम वडा नं २ चारसय फाँट स्थितमा सञ्चालन गरिएको थियो । गाउँपालिकाका जनप्रतिनिधी स्थानीय र पत्रकारको सहभागीतामा भव्यताका साथ रोपाई गदैँ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले नेपाल कृषि प्रधान देश भएको कारण यहाँका अधिकांश मानिसहरु कृषिमा निर्भर रहेका र परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा परिणत गरी वडा पालिका अनि देशलाई समृद्धि तर्फ लैजानुपर्ने बताउनुभयो । जिवन निर्वाहमुखी खेती प्रणलीलाई व्यवसायीकरण गदै तमाम कृषकहरुको आर्थिक अवस्थालाई सुधार्दै लैजानुपर्ने बताउनुभयो ।
त्यस्तै सहभागी स्थानीयहरुले गाउँपालिकाद्धारा आयोजना गरेको कृषि मेला प्रति सन्तुष्टि व्यक्त गदै आगमी दिनमा कृषि क्षेत्रलाई विकास गर्नको लागि अझै धेरै साथ र सहयोग मिल्ने अपेक्षा राखेका थिए ।
सरकारले हरेक वर्ष असार १५ को दिन देशभर धान दिवस तथा दही चिउरा खाने कार्यक्रम आयोजना गर्दै मनाउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस