धादिङ १४ असार
धादिङको खनियावास गाउँपालिका वडा नम्बर १ स्थितको शिङ्गला देवी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई स्टेशनरी सामाग्री हस्तानतरण गरिएको छ ।
शुक्रबार विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि शारिरीक अपाङगता भएका अभिभावक छनौट गरि हेफर नेपाल संस्थाद्धारा कक्षा ७ मा अध्ययनरत छात्रा प्रबिना तामाङलाई नगद रु ५ हजार बराबरको स्टेशनरी सामाग्री प्रदान गरिएको हो ।
हेफर नेपाल संस्थामा कार्यरत कर्मचारी कल्पना तामाङले झोला, विद्यालय पोषाक लगायतका सामान प्रदान गरिएको शिङ्गगला देवी माविले जनाएको छ ।
हेफर नेपाल संस्थाले शारिरीक अपाङगता भएका व्यक्ति,न्युन आर्थिक अवस्था कम्जोर भएका विपन्न वर्ग समूदायका विद्यार्थी लगायतलाई आर्थिक तथा विभिन्न सामाग्री उपलब्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस