धादिङ १४ असार
धादिङको खनियावास गाउँपालिका वडा नम्बर १ झार्लाङ स्थितमा फौजी किराले मकैबारी सखाप बनाएको छ । करिब १ साता देखि फौजी किरा मकैबारीमा प्रवेश गरि १५० रोपनी क्षेत्रफलका बर्खे मकै सखाप बनाएको स्थानीय नसुन तामाङले रेडियो बिहानीलाई बताउनुभयो ।
‘कहिले असिना त कहिले फौजी किराले किसानको सबै बालीनाली नष्ट गरिदिएको हुँदा किसानको मनोवल उच्च बनाउन तपाईको मिडिया मार्फत सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छु’–स्थानीय नसुन तामाङले भन्नुभयो ।
किसानले दुःख गरेर रोपेको मकैबारी किराले सखाप बनाउद वडा नम्बर १ किसानहरु चिन्तित भएका छन् । गएको बैशाख महिनामा मात्रै भारी असिनाको वर्षातले गहुँ, जौ, केराउ र आलु लगायतका विरुवाहरु विनास गराएका थिए ।
त्यसको केहि महिना नबित्दै किसानको अन्न उत्पादनमा नै जोखिम श्रृजना भएपछि फौजी किराको नियण्त्रणका लागि केहि उपकरण वा नष्ट गर्ने सामाग्रीको प्रबन्ध मिलाईदिन वडा तथा गाउँपालिकालाई स्थानीय किसानको माग छ ।
प्रतिक्रिया दिनुहोस