धादिङ १३ असार
धादिङको न्यू किबो बोर्डिङ स्कुलमा अध्ययन गरि एसईई दिएकी शिल्पा श्रेष्ठले ४ जिपीए ल्याएर जिल्ला प्रथम बनेकी छिन् ।
देश भरिबाट ४ जिपीए ल्याउने १८६ जना भएको न्यू किबो बोर्डिङ स्कुलमा अध्ययन गरि एसईई दिएकी शिल्पा श्रेष्ठ नेपालकै प्रथम हुनेमा परेकी छिन् ।
न्यू किबो बोर्डिङबाट यस वर्षको एसईईमा ३० जना विद्यार्थी सहभागी भएकोमा सबै उतिर्ण भएको प्रिन्सिपल प्रयास रेग्मीले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
सहभागी विद्यार्थी मध्ये ४ जिपीए ल्याउने १ जना, ३.६ जिपीए ल्याउने १२ जना, ३.२ जिपीए ल्याउने १२ जना र २.८ जिपीए ल्याउने ५ जना रहेका छन् ।
धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी थिए । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
निजी स्तरबाट सञ्चालित न्यू किवो वोर्डिङस्कुल वर्षेनी सत प्रतिशत नतिजा सहित जिल्लाको अग्र स्थानमा रहन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस