धादिङ १३ असार
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले दर्ता तथा नवीकरण गर्ने सम्बन्धि सूचना जानकारी गराएको छ ।
विहीबार गाउँपालिकाको सूचना अधिकारीले एक सूचना जारी गरि गाउँपालिका भित्र रहेका सम्पूर्ण, बैंक तथा वित्तीय संस्थाहरु (सहकारी, लघुवित्त समेत) लाई नयाँ दर्ता तथा नवीरण गर्न अनुरोध गरेको हो ।
गाउँपालिका भित्र कार्य क्षेत्र बनाई सेवा प्रवाह गरिरहेको बैंक तथा वित्तीय संस्थाहरुले (सहकारी, लघुवित्त समेत) यस गाउँपालिकाको नियमानुसार व्यवसाय दर्ता तथा नवीकरण गर्नुपर्ने व्यवस्था बमोजिम आफ्नो संस्थाको व्यवसाय दर्ता तथा नवीकरण चालू आ.व. २०८०-८१ को असार मसान्तसम्ममा अनिवार्य रुपमा गर्नुहुन अनुरोध गरिएको छ । उक्त समय सिमाभित्र दर्ता तथा नवीकरण नगर्ने संस्थालाई प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस