धादिङ ९ असार
धादिङमा परमेश्वरको मण्डली विश्व सु–समाचार समाजले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
आईतबार एक कार्यक्रमको आयोजना गर्दै अरुण खोला वरीपरी सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । ८,०५८ औं विश्वव्यापी वातावरण सरसफाई अभियान अन्तरगत उक्त सरसफाई कार्यक्रम गरीएको मण्डली प्रमुख उमेश थोकरले बताउनुभयो ।
बाढी आएकाले खोलामा पसेर सरसफाई गर्न नसकिएको र खोला वरपर सडक र बाटोहरु सरसफाई गरिएको बताउँनुहुदै थोकरले खोलामा फ्याँकिने फोहोरहरुको कारण पानी दुषित हुनुका साथै वातावरणीय असन्तुलन पनि पैदा हुने हुनाले खोलामा फोहर नफ्याँक्न पनि आग्रह गर्नुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले समाजप्रति सकारात्मक संदेश दिने यस्तो वातावरण मैत्री काम गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
जुनसुकै धर्म, जाती, समुदाय र लिङ्ग नभनी मानवहितमा काम गर्नु नै धर्म र कर्तव्य भएको विश्वकर्माको दावी छ । यसैगरी कार्यक्रमका अर्का अतिथी नीलकण्ठ नगरपालिका वडा नं ४का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले यस्ता कार्यकमले सभ्य समाज निर्माणमा टेवा पुर्याउने बताउनुभयो ।
साथै खोलामात्र नभई खोलामा फोहर गर्नेहरुको दिमाग समेत सफा हुनुपर्ने बताउनुभयो । मण्डली प्रमुख उमेश थोकरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्माको प्रमुख अतिथ्यता रहेको थियो ।
त्यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरी बहादुर श्रेष्ठ, रेडियो बिहानीका स्टेशन म्यानेजर निर बहादुर तामाङ लगायत पत्रकारहरु र मण्डलीको सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस