धादिङ ८ असार
नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको पाँचौ जिल्ला परिषद सम्पन्न भएको छ ।
शनिबार जिल्ला सदरमुकाम धादिङवेशीमा भव्य कार्यक्रमको आयोजना गरि नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य धादिङ जिल्ला ईन्चार्ज संविधानसभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पार्टी केन्द्रिय सदस्य रामबहादुर भण्डारी,जिल्ला संयोजक मनराज भण्डारी,अर्जुन नगरकोटी, शंकर अधिकारी लगायतको विशिष्ट अतिथि रहेको थियो ।
जनयुद्धकालीन र विभिन्न शैक्षिक, राजनैतिक जनआन्दोलनमा सहादात प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात एवंम अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यतm गर्नुका साथै बेपता र घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गर्दै उक्त भेलाबाट आगामी कार्य योजनाहरु समेत प्रस्तुत गरिएको थियो जस अन्र्तगत वैचारिक सम्बन्धमा, शैक्षिक विकास सम्बन्धमा, संघर्ष सम्बन्धी, शिक्षक महासंघ, संगठन सम्बन्धमा, उत्पादन र सहकारी, पेशागत सम्बन्धमा, समन्वय सम्बन्धमा, प्रदेश र केन्द्र सम्बन्धमा, आर्थिक सम्बन्धमा समेत छलफल गरिएको थियो ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षकहरुको पेशागत हकहितका सवालमा निरन्तर संघर्ष गदै आईरहेको छ । नेपालमा स्थायी शिक्षक बाहेक अस्थायी प्रकृतिका शिक्षकहरुमा करार शिक्षक, बालबिकास शिक्षक, विधालय कर्मचारी, उच्च मावि शिक्षक, शिक्षक अनुदान, राहत शिक्षक, संघिय अनुदान शिक्षक, प्रदेश अनुदान शिक्षक, नगरपालिका, गाउँपालिका शिक्षक, विधालय नर्स शिक्षक जस्ता शिक्षकहरु छन् ।
संघर्षकै माध्यमबाट अस्थायी शिक्षकहरु स्थायी भएको, शिक्षक बढुवा एक पटकको लागि समुहगत बढुवा भएको, अस्थायी राहतका लागि एक पटक शिक्षक सेवा आयोगबाट उमेर हद नभएको, द्धन्दपिडित शिक्षकहरु, पूर्नबहाली भएको गोल्डेन ह्याण्डसेक वा जागिर सुरक्षित जस्ता समस्याहरु समाधान भएका तर दिर्घकालीन समाधान भने नभएको सहभागी शिक्षकहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस