धादिङ ७ असार
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा २२ औँ डम्बर स्मृति दिवस मनाईनुका साथ साथै पञ्चकन्या माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
शुक्रबार पञ्चकन्या माध्यमिक विद्यालयको आयोजनामा २२ औँ डम्बर स्मृति दिवस,विश्व योग दिवस तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
२२ औँ डम्बर स्मृति दिवसमा साविकको खाल्टे गा.वि.स.मा जनयुद्धको क्रममा शहिद हुन भएका डम्बर बहादुर श्रेष्ठ (ज्वाला),सुस्मा श्रेष्ठ (सविना),रामशरण श्रेष्ठ (पर्वत),डम्बर श्रेष्ठ ( दिनेश),कल्पना श्रेष्ठ (मुना),ध्रुव ढुङगाना,अनिल अधिकारि,योगेश गुरुङ लगायतका ८ जना शहिदहरुको संयुक्त रुपमा स्मृति दिवस मनाइएको थियो ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं –५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका मन्त्री नेम बहादुर श्रेष्ठ, पूव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, सहिद परिवारजनको आतिथ्यता रहेको थियो ।
त्यसैगरि उक्त कार्यक्रममा बाल कक्षा देखि कक्षा ९सम्मका वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै डम्बर स्मृति कोषबाट ६जना छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस