धादिङ ०३ असार
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेको दाउनेखोला नजिक भएको मिनीट्रक दुर्घटनाका घाइते तथा मृतक परिवारका लागि २५ लाख भन्दा बढी रकम सहयोग जुटाईएको छ ।
गत बैशाख २ गते बिहान पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । दुर्घटना पश्चात वडा अध्यक्ष राम कुमार श्रेष्ठको नेतृत्वमा संचालन गरिएको उद्दार, उपचार तथा आर्थिक संकलन अभियानबाट देशविदेशमा रहेका नेपाली नागरिक, विभिन्न राजनैतिक तथा सामाजिक संस्था र व्यक्तिहरुबाट हालसम्म २५ लाख ५० हजार ४ सय ६४ रकम सहयोग संकलन गरिएको हो ।
सोमबार सदुरमुकाम धादिङवेशीमा पत्रकार सम्मेलन गरि सो कुराको सार्वजनिक गरिएको थियो । जिल्ला तथा वडामा कृयाशिल राजनीतिक दल, जनप्रतिनिधीहरु, सामाजिक अभियान्ताहरु लगायतको सहयोग र पहलमा संकलन भएको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठले बताउनुभयो ।
दुर्घटनामा परेका नौं जना मध्ये सन्तोष रम्तेल, गोपी रम्तेल, विष्णु श्रीमल र प्रितम मजकोटीको मृत्यु भएको थियो । दुर्घटनामा परि घाईते भएकाहरु मध्ये १४ वर्षिय कृष्ण रम्तेलको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने सुदिप मजाकोटी, हिरा रम्तेल, बिमल मजकोटी, सुजन रम्तेल उपचारपछि घर फर्किएका छन् । बाँकी रहेको रकमले थप उपचारमा सहयोग गर्ने र त्यसपछि पनि केही रकम बाँकी बस्यो भने घाइते र मृतकका परिवारसँग सल्लाह गरी निर्णय गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । श्रष्ठले सहयोग रकमको संकलनको अभियानपनि सोमबार बाट रोकिएको जानकारी दिनुभयो ।
उक्त पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोेजक तथा सहिद स्मृति सञ्चार सहकारी संस्थाका अध्यक्ष मनराज भण्डारी,पत्रकार महासंघ लगायतका संचारकर्मी,विभिन्न राजनैतिक दल,समाजसेवी भेषराज ठकुरी,घाईते तथा मृतक परिवार लगायत सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस