धादिङ ०७ मङ्सिर
शिक्षकहरुको सहकार्य, एकता र सम्बृद्धिको लागि शिक्षक कल्याण बचत सहकारी संस्था लिमिटेडले महत्वपूर्ण भूमिका खेलेको प्रदेश सांसद डा.रामकुमार अधिकारीले बताउनु भएको छ । यस संस्थाले जिल्ला भरका शिक्षहरुको आर्थिक समस्या न्युनीकरणको लागि सहुलियत दरमा ऋण प्रदान गर्दै आएको बताउनु भएको छ । शुक्रबार धादिङबेसीमा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अधिकारीले सो कुरा बताउनु भएको हो । अधिकारीले संस्थाको सेवालाई थप प्रभावकारी बनाउनको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङ जिल्ला भरका विभिन्न तहमा कार्यरत २८ जना शिक्षकहरुको सक्रियतामा वि.स.२०६७ साल आश्विन २० गतेबाट आधिकारीक रुपमा सञ्चालनमा आएको संस्थाका अध्यक्ष केशरी प्रसाद पन्तले बताउनु भएको छ । पन्तले संस्थाका सम्पूर्ण सेयर सदस्यहरु “एकका लागि सबै, सबैको लागि एक”भन्ने नाराका साथ संस्थाको विकासको लागि अघि बढेको बताउनु भएको छ । पन्तले संस्थाका कार्य विवरणहरुको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाले हाल जिल्लाभर भिन्न तहमा कार्यरत शिक्षहरुको आर्थिक विकासको लागी काम गर्दै आएको छ । संस्थाको चालु आ.व.२०७६÷७७ मा कुल २० लाख ८० हजार शेयर पुंजी रहेको छ । संस्थामा हाल ५ सय १२ जना सेयर सदस्य रहेका छन् । संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा ३ लाख ४ हजार २९ सय नाफा गर्न सफल भएको छ । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशरी प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रदेश सांसद डा.रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विशेष अतिथिमा नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेल, नेकपा प्रदेश सचिवालय सदस्य राम भण्डारी बहादुर र नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी रहनुभएको थियो । कार्यक्रमा सेयर सदस्यहरु लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस