धादिङ १ असार
फरक क्षमता भएका विद्यार्थीहरु, शिक्षक तथा समाजकार्य अध्ययन गर्ने विद्यार्थीहरु बिचको अन्तरक्रिया एवं खाद्यान्न सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार नीलकण्ठ बहुमुखी क्याम्पसका अंग्रेजी तथा समाजशास्त्र विभागको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका शिक्षक तथा विद्यार्थीको आयोजनामा स्वाबलम्बी बहिरा आधारभुत विद्यालयमा दाल चामल विस्कुट लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो ।
नीलकण्ठ बहुमुखी क्याम्पसका अंग्रेजी तथा समाजशास्त्र विभागको विभागिय प्रमुख प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
२०६८ सालबाट निरन्तर अध्यापन गराउदै आएको विद्यालयमा हाल ४५ जना विद्यार्थीहरु अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले बताउनुभयो । पुर्व नेपाल देखि पश्चिम सम्मका विद्यार्थीहरु अध्यापन गर्ने यस विद्यालयमा ७ जना शिक्षक शिक्षिका र २ जना कर्मचारी रहेका छन् ।
यस्ता फरक क्षमता भएका विद्यार्थीहरुलाई विद्यालयले किताबी ज्ञानमा घोटाउने भन्दा पनि उनिहरुलाई वास्तविक जिवन जिउन सहज हुनेगरि जिवनोपयोगि शिक्षाहरु ( खाना बनाउन , अतिथि सत्कार, व्यक्तिगत सरसफाई जस्ता ) सिकाउदै आएको विद्यालयका प्रधानाध्यापक अधिकारीले बताउनुभयो । उहाँले अहिले विद्यालयमा हाल कक्षा ६ सम्म अध्यापन गराईने र नगरपालिकाले प्रति विद्यार्थी रु चार हजारका दरले सहयोग पनि गर्दै आएको बताउनुभयो ।
विद्यालय स्थापना गर्दा निकै धेरै चुनौति संग जुध्नु परेको र जे जति चुनौति आईपरेको भएपनि त्यसलाई सामना गर्दै निरन्तर अगाडी बढिरहेको विद्यालयकी शिक्षिका निता अधिकारीले बताउनुभयो । उहाँले विद्यालयको सुरुवाती चरणमा आफुले भोगेका चुनौति र अप्ठ्यारालाई सम्झनुहुदै आटे र गरे हरेक असम्भव कार्यहरुलाई पनि सहजै सफलता पुर्वक सम्पन्न गर्न सकिने बताउनुभयो ।
उहाँले यस क्षेत्रको प्रमुख चुनौति भनेको सञ्चार रहेको बताउनुभयो । समाजमा रहेका मानिसहरुलाई त्यस्ता विशेष र फरक क्षमता भएका विद्यार्थीहरुलाई र समाजलाई बोल्न नसक्ने र सुन्न नसक्ने बालबालिकाले पनि केहि गर्न सक्छन् भनेर बुझाउन गारो हुने बताउनुभयो ।
निता अधिकारी बाईट………………………..
विद्यार्थीहरु अहिले आफ्नो घरमा भन्दा बढि विद्यालयमा नै रमाउने गरेको समेत बताउनुभयो । साथै उहाँले सम्पुर्ण अभिभावकहरुले पनि सांकेतिक भाषा सिक्नु अत्यन्त जरुरी रहेको बताउनुभएको छ । किनकि आफ्ना बालबालिकाको कुरा अभिभावकले बुझ्न नसक्दा बालबालिकामा नकारात्मक असर पर्ने समेत बताउनुभयो । उहाँले त्यस्ता फरक क्षमता भएका विद्यार्थीहरुलाई बेवास्ता नगर्नकालागि समेत आग्रह गर्नुभयो ।
निता अधिकारी बाईट………………………..
कार्यक्रममा उपस्थित सबै अतिथिहरुले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुहुदै विद्यालय र विद्यार्थीहरुको लागी आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभभयो । साथै एस ईई दिएर बसेका त्यसै विद्यालयका पुर्वविद्यार्थी ज्वालामुखी गाँउपालिका वडा नम्बर –४ घर भएका पुकार भट्टले सांकेतिक भाषा मार्फत आफुले विद्यालयमा अध्ययन गर्दाको अनुभव समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका अंग्रेजी तथा समाजशास्त्र विभागको विभागिय प्रमुख प्रकाश पौडेल ,स्वाबलम्बी बहिरा आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष गिरीराज वि.क , विद्यालयका प्रधानाध्यपक राम प्रसाद अधिकारी, शिक्षिका निता अधिकारी, नीलकण्ठ बहुमुखी क्याम्पसका उप प्राध्यापक नवराज सापकोटा र सिता श्रेष्ठ लगायत सम्पुर्ण शिक्षक शिक्षिका विद्यालयका विद्यार्थी लगायत नीलकण्ठ बहुमुखी क्याम्पसको मानविकी तथा समाजशास्त्र विभागको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस