धादिङ ३२ जेठ
धादिङको न्यु किबो बोर्डिङ स्कुलले हरेक साता जस्तै यस शुक्रबार पनि विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै बुक फ्रि फ्राई डे मनाएको छ ।
स्कुलले यस हप्ताको शुक्रबार पनि विद्यार्थीहरुलाई विभिन्न व्यवहारिक जिवनोपयोगि शिक्षा दिने उद्देश्यले उक्त कार्यक्रम मनाएको हो ।
यस शुक्रबार पनि विद्यालयले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई ३ वटा समुहमा विभाजन गरेर कार्यक्रम गरिएको थियो । जसमा प्री प्राइमरी तह अन्तर्गत निलो रङ सङ सम्बन्धित थिममा रहेर निलो रङ उत्सब मनाएका भने कक्षा १ र २मा अध्ययनरत विद्यार्थीहरुलाई कागती पानी बनाउन सिकाईएको थियो । उनिहरुले आफ्नो घरबाट नै कागती र चिनी ल्याई कागती पानी बनाएर आफ्ना साथीहरुलाई समेत खुवाएका थिए ।
त्यस्तै कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले नेपाली र अंग्रेजी दुवै भाषाका समाचार वाचन गरेर आफ्नो वाचन शैलीलाई अझ धेरै विकास गर्ने प्रयास गरेको छ ।
त्यस्तै कक्षा ६ देखि ९सम्मका विद्यार्थीहरुले आफैले संकलन गरेर ल्याएका विभिन्न तरकारीको विउ विजन रोपेको विद्यालयका सुचना अधिकारी अनुप भट्टले जानकारी दिनुभयो । उहाँले अहिलेको परिवेश अनुरुप विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवहारिक ज्ञानको पनि आवश्यकता पर्ने भएकाले उनिहरुलाई व्यवहारिक तथा उपयोगि ज्ञान उपलब्ध गराउने उदेश्यले हरेक हप्ता यसरी नै बुक फ्रि फ्राईडे मनाउदै आईरहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीले हरेक हप्ता विभिन्न कार्यक्रम गरि बालबालिकाहरुको चौतर्फी विकासमा न्यु किबो बोर्डिङ स्कुल लागि परेको बताउनु का साथै यस्ता किसिमका कार्यक्रमहरुले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त गर्न सहज हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस