धादिङ ३१ जेठ
नीलकण्ठ –१४ धुवाँकोटमा ३ दिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।
विहिबार धुवाँकोट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा ३ दिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको हो ।
धुवाँकोट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुमन अधिकारीको सभापतित्वमा सम्पन्न भएको उद्धधाटन कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं. १४ का महिला वडा सदस्य नीलकण्ठ नगरपालिका न्यायिक सदस्य कमला तामाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै शुभ तारा सानाकिसान कृषि सहकारी सस्थाका अध्यक्ष शिव कुमार श्रेस्ठ सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक टिकाराम बस्ताकोटी धुवाँकोट स्वस्थ्य चौकीका सरीता थापा समाजसेवि छम बहादुर दाहाल लगायत विभिन्न सङ्घ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कमला तामाङले कृषि क्षत्रमा व्यवसायिक ढङ्गबाट अघि बढ्न आवश्यक तालिम प्रविधि र उपयुक्त मल खाद साथै महिला दिदि बहिनीले निर्वाह मुखि खेति बाट भन्दा व्यवसयिक खेतिमा लाग्न र महिलाको आय आर्जन अवस्था सुधार गर्न यस्ता कार्यक्रमले टेवापुग्ने बताउनु भयो ।
कार्यक्रममा धुवाँकोट सामुदायिक सिकाइ केन्द्रद्वारा गठन भएका ८ ओटा महिला आयाअर्जन कृषि समुहका ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।
जेठ ३१ गते विहिबार बाट सुरु भएको तालिम असार १ गते समापन हुने छ ।
प्रतिक्रिया दिनुहोस