धादिङ ३१ जेठ
धादिङमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार २० औँ विश्व रक्तदाता दिवस June 14 को अवसरमा जनस्वास्थ्य कार्यलय धादिङको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोग रहेको थियो भने धादिङ अस्पताल, कर्मचारी मिलन केन्द्र र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको समन्वय तथा ससस्त्र प्रहरी बलको सह आयोजना रहेको जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत विभु कुमार झाले बताउनुभयो ।
धादिङ अस्पताल प्रांगणमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा १३ महिला र ४६ पुरुष गरि जम्मा ५९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी ,सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल,नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति दुर्लभ कुमार तामाङ, जनस्वास्थ्य कार्यलय धादिङका प्रमुख विभु कुमार झा, नेपाल रेडक्रस सोसाईटी धादिङका मन्त्री नेम बहादुर श्रेष्ठ , आयुर्वेदिक वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा. अमुल्य दाहाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
धादिङमा विश्व रक्तदाता दिवस ३ दिन सम्म मनाउने निर्णय अनुसार दिवसको पहिलो दिन बुधबार सदरमुकाम धादिङबेसीको पुछारबजारदेखि सिरानबजार सम्म प्रभातफेरी निकालिएको थियो भने विहिबार दोस्रो दिन खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत विभु कुमार झाले बताउनुभयो । यस्तै दिवसको अन्तिम दिन शुक्रबार जिल्लामा रक्तदान कार्यक्रम गरि धेरै रगत संकलन गर्ने संघ संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस