धादिङ ३१ जेठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवास अधिकारीले गाउँपालिकाको निर्णय पुस्तिका माईन्यूट च्यातिएकोमा गाउँपालिकाद्धारा खेद जनक भएको विज्ञप्ति प्रति कारण सहित खण्डन विज्ञप्ति निकालेको छ ।
विहीबार वडा अध्यक्ष अधिकारीले एक विज्ञप्ति जारी गरि गाउँकार्यपालिका र गाउँ शिक्षा समितिको निर्णय पुस्तिका जबर्जस्ती च्यातिएको भनि लगाइएको आरोप सहितको विज्ञप्तीप्रति खण्डन गर्नुभएको हो ।
वडा अध्यक्ष सुवास अधिकारीले रेडियो बिहानीसंग २ मिनेट १३ सेकेन्ड कुरा गर्दै आम अभिभावक विद्यार्थी जनताको मागलाई गाउँकार्यापालिका र महत्वपुर्ण शिक्षा समितीको वैठकले सम्बोधन नभएपछि अन्तिम अवस्थामा च्यात्न परेको बताउनुभयो ।
असमान ढंगबाट शिक्षा समितीको सिफारिसमा विद्यालय डाउन र शिक्षक मिलानको काम गरेको र आफुले पटक पटक भन्दा पनि सुनुवाई नभएको कारण निर्णय च्यातिदिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिद्यालयहरु कक्षा ८ बाट कक्षा ५ मा डाउनसाईज गर्ने निर्णय कार्यान्वयन नभएकोले पुनः पटक पटक शिक्षा समितिको बैठक बसी कक्षा ६ र ७ सञ्चालन गराउन गाउँपालिकाले गरेको असमान निर्णयले जलजले आ। वि। र जनज्योती आ।वि। डाउनसाईज तथा चक्रेश्वरी आ।वि।को दरबन्दी र राहत शिक्षक सट्टा पट्टा लगायतको निर्णय प्रति पटक पटक भएको छलफलको वेवास्ता गरी आफुहरुले गरेको विगतका कमीकम्जोरीलाई ढाकछोप गर्न केही जनप्रतिनिधीहरुले बहुमतको नाममा जबर जस्ती निर्णय गराएकोले सो निर्णयलाई बाध्यतावश च्यात्ने परिस्थिती त्रिपुरासुन्दरी गाउँकार्यपालिका र शिक्षा समितीले बनाएको हुनाले उक्त निर्णयका प्रतिहरु च्यातिएको जानकारी सम्पुर्ण त्रिपुरासुन्दरी गाउँपालिकाका आदरणीय बासिन्दाहरुलाई अवगत गराउदै गाउँपालिकाको प्रवक्ताद्धारा निकालिएको विज्ञप्ति प्रति गहिरो खेद प्रकट गर्दछु,वडा अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
गाउँपालिकाको निर्णय पुस्तिका९माईन्यूट०च्यातिएकोमा गाउँपालिकाले हिजो बुधबार गाउँपालिकाले विज्ञप्ति निकालेर खेद व्यक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस