धादिङ ०६ मङ्सिर
भैरवी माध्यमिक विद्यालयका शिक्षक दिपक श्रेष्ठले नीलकण्ठ नगरपालिकाको शिक्षा समितिको बिरुद्धमा दायर गर्नुभएको मुद्धाको सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मिति २०७६ साल जेष्ठ ७ गते नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा शिक्षा समितको बैठक बसी शिक्षक श्रेष्ठलाई सरस्वती आधारभूत विद्यालय नीलकण्ठ ६ मा काजमा सरुवा गराइएको थियो । शिक्षा समितिको माइन्युटको उपस्थितिमा हस्ताक्षर गर्न लगाइ निर्णय नगर प्रमुखले एकलौटी लेखेर राजनैतिक पूर्वाग्रहको आधारमा नगरपालिकाकै शिक्षा नियमावलीको बर्खिलाप गर्दै शिक्षक सरुवा गराएका थिए । यही मङ्सिर ५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नीलकण्ठ नगर पालिकाको शिक्षा ऐन राजपत्रमा प्रकाशित नभएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उप दफा ५ अनुसार कानुन लागु हुन नसक्ने भएकाले नगर शिक्षा समितिले गरेको निर्णय कानुन अनुसार नभएको र दरबन्दी समेत पठाउन नसक्ने अवस्था भएकाले शिक्षकलाई कता हाजिर हुने भन्ने अन्यौलताका साथै रोजगारीमा समेत गम्भीर असर परेकाले मिति २०७६÷०२÷०७ र मिति २०७६÷०५÷१० को निर्णय यथावत राखी पूर्ववत चलिरहेको विद्यालयमै हाजिर गराउन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतद्धारा जारी गरिएको अन्तरिम आादेश
प्रतिक्रिया दिनुहोस