धादिङ ३० जेठ
निवृत राष्ट्रसेवक समाज, नेपाल जिल्ला कार्यसमिति धादिङको संयोजक केशरी प्रसाद पन्तले सम्पुर्ण निवृत राष्ट्रसेवक छाता सङगठन भएर अगाडी बढ्नुपर्ने र समुदाय विकासमा सहभागी हुनपर्ने बताउनुभएको छ ।
उहाँले बुधबार निवृत राष्ट्रसेवक समाज, नेपाल जिल्ला कार्यसमिति धादिङको पहिलो पालिका स्तरिय तथा नगर भेलामा आफ्नो भनाई राख्दै उक्त कुरा बताउनुभएको हो ।
उहाँले आफ्नो उर्बरा समय राज्यका निम्ति समर्पित गरेको तर अहिले आफुहरुलाई राज्यले राम्रो खालको सेवा सुविधा नदिएको भन्दै गुनासो समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो –‘अहिले देश ऋणमा डुबिरहेको छ कुन बेला हाम्रो सेवा सुविधा (पेन्सन) पनि काट्निे हो थाहा छैन । त्यही भएर हामी निवृत राष्ट्रसेवक एक ढिक्का भएर एक्यबद्धताका साथ अगाडी बढ्यौ भने फेरी पनि हामीले राज्यलाई सहयोग गर्न सक्छौ’ ।
निवृत राष्ट्रसेवक समाज नेपाल, जिल्ला कार्यसमिति धादिङको आयोजनामा रेडक्रस सभाहलमा सम्पन्न भएको कार्यक्रममा समितिको संयोजक केशरी प्रसाद पन्तको अध्यक्षता रहेको थियोे ।
उक्त भेलाबाट उद्धब प्रसाद रिजालको संयोजकत्वमा १९ सदस्यीय समितिको गठन गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल सरकारबाट निवृत नेपाल प्रहरी, स्वास्थ्य सेवा, निजामती कर्मचारी, सशस्त्र प्रहरी, शिक्षक, न्यायीक समिति लगायत निवृत राष्ट्रसेवक कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस