धादिङ २८ जेठ
धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीले प्रादेशिक अस्पतालमा सबै खाले विशेषज्ञ डाक्टर तथा सेवा हुनुपर्ने बताउनुभएको छ ।
सोमबार सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्ज बाट प्रशारण हुने कार्यक्रम स्वास्थ्य सवालमा कुराकानी गर्नुहुदै उक्त कुरा बताउनुभएको हो ।
उहाँले धादिङ अस्पतालमा आफ्नो कार्यकाल भरीमा अस्पतालमा डायोलोसिस सेवा अझ राम्रो र गुणस्तरीय किसिमले विस्तार गर्ने बताउनुभयो । उहाँले डायोलोसिस सेवा लिने बिरामीको चाप बढ्दो क्रममा रहेको कारण सेवालाई अझ विस्तृत ढंगबाट लैजाने योजना बताएको जानकारी दिनुभयो ।
साथै डायोलोसिस मेसिन समेत थप गर्ने व्यवस्था मिलाएको बताउनुभएको छ । उहाँले डायोलोसिस गर्नकै लागि अन्यत्र जानुपर्ने र अत्याधिक शुल्क तिर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने समेत बताउनुभएको छ । अहिले देशभरका सरकारी तथा सामुदायिक अस्पतालहरुमा डायोलोसिस सेवा निःशुल्क रहेको समेत जानकारी दिनुभयो ।
साथै उहाँले अस्पतालको तर्फबाट प्रवाह हुने सेवा तथा सुविधा प्रति असहजता तथा असन्तुष्टि रहेमा अस्पतालमा रहेको जनगुनासो मार्फत आफुलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको छ भने आगमी दिनहरुमा अस्पतालको कमी कमजोरी हटाएर थप सेवा सुविधा प्रदान गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस