धादिङ ०६ मङ्सिर
नीलकण्ठ बहुमूखी क्याम्पस धादिङबेसीको २० औँ वार्षिक उत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विशेष अतिथिहरुमा प्रदेश सांसद डा. राजाराम कार्की, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना रहनु भएको थियो ।
वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद अधिकारीले यस क्याम्पसको विकासका लागि हर सम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाउनु भयो ।
जिल्लाकै पहिलो सामुदायिक क्याम्पसको रुपमा स्थापित नीलकण्ठ बुहुमूखी क्याम्पसलाई उच्च स्तरको व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरु सम्मिलित बैठकको आयोजना गरी दीर्घकालीन रणनीति निर्माण गर्नुपर्ने नगर प्रमुख ढुङ्गानाको भनाइ थियो । वार्षिक उत्सवकै अवसरमा सोही क्याम्पसका उप प्राध्यापक देवी प्रसाद अधिकारी उत्कृष्ठ प्राध्यापक, कार्यालय सहायक होम नारायण श्रेष्ठ उत्कृष्ठ कर्मचारी र विद्यार्थी मरियम तामाङ उत्कृष्ठ विद्यार्थीको रुपमा सम्मानित भएका थिए । यस्तै नीलकण्ठ नगरपालिका वडा नं. १२ आँगेटारीकी करिना, काजिराम र सोममाया थापा मगरको परिवारलाई रु. २७ हजार ४ सय आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस