धादिङ २६ जेठ
नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)धादिङको आठौँ जिल्ला भेला सम्पन्न भएको छ ।
शनिबार सदरमुकाम धादिङवेशी स्थित जिल्ला समन्वय समितीको सभाहलमा जिल्ला समन्वय समिती संयोजक संगीता कँडेल(दिपा)को सभाध्यक्ष पार्टी केन्द्रिय सदस्य प्रतिनिधी सभा सांसद कानुन न्याय तथा मानव अधिकार समितीको सभापति विमला सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त जिल्ला भेलाबाट लक्ष्मी थापामगर संयोजक सुनिता पाण्डे सचिव रहने गरि ४९ सदस्यीय जिल्ला समन्वय समिती गठन गरिएको छ । उक्तकार्यक्रमकै अवसर पारेर सहिद परिवारलाई सम्मान समेत गरिएको थियो ।
मुलुकको ऐतिहासिक परिवर्तन र मुक्तिका आन्दोलनहरुमा महिला नेतृत्वको महत्वपुर्ण भुमिका रहेको स्मरण गराउदै प्रमुख अतिथि सुबेदीले समाजवादी क्रान्तीको जग महिला नेतृत्वबाटै सम्भव हुनेभएकाले सबैखाले चुनौती र बाधा अड्चनलाई सामना गर्दै धादिङलाई माओवादी केन्द्रमय बनाउन अवको नेतृत्वलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य पुष्प विक्रम मल्ल,जिल्ला सयोजक मनराज भण्डारी,सचिव दिपक विश्वकर्मा,महिला संघका केन्द्रिय तथा विभिन्न जिल्लाका सर्वोच्चा नेता पत्रकार लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस