धादिङ २४
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उहाँले आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसुचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्ने बताउनुहुदै खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उहाँको भनाइ छ ।
लामिछानेको भिसाका लागि खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको उहाँको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस