धादिङ २३ जेठ
धादिङमा विश्व वातावरण दिवस २०२४ को अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बुधबार नेशन प्याब्सन धादिङको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
नेशनल प्याब्सन धादिङका अध्यक्ष ईश्वरि प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा शिक्षा विकास तथा समन्वय एकाइ धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियोे ।
धादिङ जिल्ला भर नेशनल प्याब्सन धादिङमा आबद्ध विभिन्न विद्यालयहरुमा अध्ययनरत १२ जना विद्यार्थीहरु सहभागी हुनुभएको प्रतियोगितामा धादिङ बोर्डिङ स्कुलका विद्यार्थी अभिग्या कार्की प्रथम, न्यु किबो बोर्डिङ स्कुलका विद्यार्थी कुशल सापकोटा दितिय र न्यु धादिङ बोर्डिङ स्कुलका विद्यार्थी स्तुति दनै तृतीय हुनुभएको थियो ।
साथै विद्यालयगत रुपमा धादिङ बोर्डिङ स्कुल प्रथम, न्यु किबो बोर्डिङ स्कुल दितिय र धादिङ बोर्डिङ स्कुल तृतीय हुन सफल भएको थियो ।
कार्यक्रमका प्रमुख निर्णायक बरिष्ठ साहित्यकार नविन बन्धु पहाडीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई रचनात्मक बनिरहन उत्प्रेरित गरिरहने तथा वक्तृत्वकला विभिन्न कलाहरु मध्य एक अभिन्न कला रहेको कुरा बताउनु भयो।
साथै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले विश्व वातावरण दिवस पारेर समय सान्दर्भिक शिर्षक “जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका उपाय“ मा कायक्रम आयोजना गरेकोमा आयोजक सस्था नेशनल प्याब्सन धादिङ लाई धन्यवाद व्यक्त गर्नुभयो ।
आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गराउन वातावरण बनाउदै जाने नेशनल प्याब्सन धादिङका उपाध्यक्ष प्रयास रेग्मीले बताउनुभयो।
एन प्याब्सन धादिङले विभिन्न समयमा शिक्षकहरुका लागि अभिमुखिकरण, क्षमता अभिवुद्धि कार्यक्रम र विद्यार्थीहरुका लागि पनि वक्तृत्वकला जस्ता धेरै शैक्षिक कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस