धादिङ ०५ मङ्सिर
लैङ्गिक उत्तरदायी विपद जोखिम व्यवस्थापनको लागि सञ्चारकर्मीहरुसँग अन्तरकृया कार्यक्रम बिहिबार धादिङबेसीमा सम्पन्न भएको छ । मिडिया एड्भोकेसी ग्रुप र यू.एन उमनले उक्त कार्यक्रमको आयोजना गरेको हो । विपद जोखिम व्यवस्थापनको समस्या समाधान गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महिला मैत्री विपद व्यवस्थापन समूहकी सरु जोसीले विपद जोखिम व्यवस्थापनको लागि आई पर्ने चुनौति, समस्या समाधान, विपद जोखिम व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका र विपद निम्त्याउने प्रकोपहरुको बारेमा सहभागीहरुबीच सहजीकरण गराउनु भएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत २० भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस