धादिङ २३ जेठ
ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङले १५ सिट क्षमता भएको ईलेक्ट्रिक (ईभी) भ्यान संचालनमा ल्याएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर विद्युतिय गाडी संन्चालनमा ल्याईएको सहकारीले जनाएको छ ।
आज उक्त गाडीको जिल्ला समन्वय समितिका उपप्रमुख नवराज अधिकारीले उद्ध्घाटन गर्नुभएको हो । सुरुदेखि संचालनमा आएका सवारी साधनहरु बढि दुर्घटनामा पर्ने गरेको र संस्थाले बढि मात्रामा घाटा परि बन्द हुने स्थितीमा पुगेको हुनाले कुनै व्यवसायलाई समस्या नपर्ने गरि ईभी भ्यान संचालनमा ल्याएको ग्रामिण यातयात सहकारी संस्था लिमिटेडका महासचिब बद्री प्रसाद सुवेदीले बताउनुभयो । अहिले सहकारीले एसी सहितको धादिङ काठमाडौं चल्ने १५ सिट क्षमता भएको १० वटा गाडी संचालन गरेको सुवेदीले बताउनुभएको छ । यसले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास रहेको सुवेदीले बताउनुभयो ।
ग्रामिण यातायात सहकारी संस्था लिमिटेडले बुधबारदेखि संचालनमा ल्याएको विद्युतीय गाडी खरिदको लागि श्रोत परिचालन साकोसले वित्तिय सहयोग गरेको हो । साकोसले व्यक्तिगत सदस्यहरुलाई ९.५ प्रतिशत ब्याजदरमा प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख नवराज अधिकारीले सम्पुर्ण समुहलाई शुभकामना व्यक्त गर्नुहुदै यातायातको सेवा भनेको मानविय सहायता सेवा भएको बताउनुभएको छ ।
यातायात कर्मीहरुलाई यातायात सम्बन्धी विशेष तालिम प्रदान गरेर दुर्घटना न्युनीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय अवस्थामा व्यक्तिले हजारौ रुपैया खर्च गरेर सिक्न नसकेको ज्ञान त्यस्ता व्यवहारिक तालिमबाट सिक्न सकिने बताउनुभयो ।
त्यस्तै धादिङका नव नियुक्त प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले अब छिट्टै नै जिल्ला प्रशासन कार्यलयले धादिङबाट छुट्ने हरेक गाडीमा लेन अनुशासन को निती निर्माण गर्ने बताउनुभयो । उहाँले यदि सबै चालकहरुले लेन अनुशासन अपनाएमा केहि हद सम्म दुर्घटना न्युनीकरण हुने बताउनुभयो ।
त्यसैगरि ने.क.पा माओवादी केन्द्र जिल्ला संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी संस्था लि.को अध्यक्ष मनराज भण्डारी (शैलेस)ले बदलिदो परिवेश अनुसार नेपालमा उत्पादन गरिएको बिजुलीको पुर्ण रुपमा सदुपयोग हुने बताउनुभयो । उहाँले विद्युत खपत गर्ने माध्यम यातायात पनि भएको र यसले मुलुकलाई आत्म निर्भर बताउन सहज बनाउने भन्दै आज विश्व वातावरण दिवसको अवसरमा प्रदुषण रहित विद्युतिय गाडीको उद्धधाटन हुनुभनेको एउटा सकारात्मक सन्देश समेत प्रवाह भएको बताउनुभयो ।
त्यस्तै पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले यातायात व्यवसायीहरुले यातायात साधनमा लगानी गर्ने तर त्यसको जिम्मेवारी चालक र सहचालकले लिने र ति चालक र सहचालकहरुको अभद्र व्यवहारले गर्दा कहिले काही धादिङका यातायात व्यवसायीहरु विवादमा पर्ने गरेको बताउनुभयो । ग्रामिण यातायात धादिङले धादिङ काठमाडौंको लागि १० वटा ईलेक्ट्रिक भ्यान सञ्चालन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस