धादिङ २१ जेठ
नीलकण्ठ नगरपालिकामा युवासंग उपमेयर कार्यक्रम सञ्चालन भईराखेको छ ।
सोमबार नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा कक्षा १० देखि स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थी युवाहरुलाई परामर्श, नेतृत्व विकास तथा क्षमता अभिबृद्धिका सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
समाजको हरेक पक्षमा चिन्तन गर्ने, दृष्टिकोण निर्माण गर्ने कुरामा विद्यार्थीहरुले आर्जन गर्ने शिक्षामा भर पर्ने कार्यक्रमका प्रमुख अतिथि एवंम् नीलकण्ठ नगर उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो । उहाँले हरेक युवा प्रति उसको परिवार, समाज र राष्ट्रको सपना जोडिएको हुनाले युवाहरुले सबैको सपनालाई मध्यनजर गर्दै आफ्नो लक्ष्य निर्धारण गर्नुपर्ने बताउनुभयो ।
उहाँले नीलकण्ठ नगरपालिकाले क्याम्पसमा निःशुल्क लोकसेवाको कक्षाहरु सञ्चालन गरिरहेको र आवश्यक परे अझै त्यस्ता कक्षाहरु व्यवस्थित रुपमा सञ्चालन गर्ने गनर उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले युवाहरु भनेको देशको गहना भएकाले देशलाई चम्काउने,समाज र राष्ट्रलाई सुहाउने कार्य गरी निश्चित लक्ष्य निर्माण सहित हासिल गर्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले अहिलेको वर्तमान समयमा विदेश जानेहरुको लर्काे लागेको भएपनि विदेश गईसकेपछि देशलाई विर्सनु र देशको लागि काम नगर्नु गलत भएको बताउनुभयो ।
नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक विद्यार्थी तथा अभिभावकको सहभागिता व्यापक सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस