धादिङ २१ जेठ
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा वालवालिका लक्षित स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
आईतबार गाउँपालिकाको आयोजनामा चन्द्रोलय माध्यमिक विद्यालय विशालटारमा धादिङ जिल्ला अस्पताल र टिचिङ अस्पतालका विषयगत चिकित्सकहरुको सहकार्यमा वालवालिका स्वास्थ्य परीक्षण गरिएको हो ।
उक्त शिविरमा हाडजोर्नी, बालरोग, मनोरोग,आँखा र नाक कान घाँटीका विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य चेकजाँच र परामर्श सेवा उपलब्ध गराई पालिकास्तरीय बाल स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको हो ।
गाउँपालिकाले अभियानका रुपमा सञ्चालन गरेको अनिवार्य र निःशुल्क शिक्षा कार्यक्रम तथा अपांगता पहिचान कार्यक्रमको औचित्यलाई थप पुष्टि गरेको गाउँ शिक्षा अधिकारी बोधराज पाठकले रेडियो बिहानीलाई बताउनुभयो । स्वास्थ्य जाँच पश्चात बालबालिकालाई थप उपचारको लागि जिल्ला अस्पताल र काठमाडौँ समेत रिफर गरिएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी,कर्मचारी, स्वास्थ्य शाखा प्रमुख,शिक्षक अभिभावक,विद्यालय नर्स र स्वास्थ्य चिकित्सक लगायतको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस