धादिङ २१ जेठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक योजना वजेट निर्माणको लागि सबै सरोकार पक्षमा अनुरोध गरेको छ ।
आईतबार गाउँपालिकाले एक सूचना जारी गदै आ.व. २०८१–८२ को लागि वजेट निर्माण गरी गाउँपलिकालाई समुन्नती तर्फ लैजान, क्षमता विकास तथा पूर्वाधार विकास निर्माणका कार्य गर्न कुन कुन ठाउँमा के के गर्नुपर्ने हो, कुन कुन पक्षमा सुधार गर्नुपर्ने हो, सबल र दुर्बल पक्ष औल्याईदिदै आफ्नो अमुल्य सुझाव लिखित वा मौखिक रुपमा गाउँपालिकाको ईमेल, फेसबुक म्यासेन्जरमा पठाईदिन अनुरोध गरेको हो ।
सबै राजनितिक दल, नागरिक समाज, समाज सेवी, बुद्धिजिवी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, सरकारी तथा गैरसरकारी संस्था लगायत सरोकारवालाहरु सबैसँग गाउँपालिकाले अनुरोध गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस