धादिङ २० जेठ
धादिङको नीलकण्ठ नगरपालिकामा युवासंग उपमेयर करियर परामर्श,नेतृत्व बिकास तथा युवा सचेतना कार्यक्रम सञ्चालन भईरहेको छ ।
शनिबार नीलकण्ठ नगरपालिका वडा नं ११ को शंखादेवी माध्यमिक विद्यालयमा वडा अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षता नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको सहजीकरण बिकास थापा र सुरज श्रेष्ठ लगायतको समुहले गरिएको थियो ।
कक्षा,१०,११,१२ र ४० बर्ष मुनिका युवाहरुलाई सहभागिता गराई युवाहरुलाई करियर सम्बन्धी परामर्श,आवश्यक सिपमूलक तालिम लगायत सामाजिक बिकास र संबृद्धिमा युवाको नेतृत्व र सहभागीता लगायतका युवा लक्षित युवासंग उपमेयर कार्यक्रमको आयोजना गरिएको नगर उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।
युवाहरुलाई सामाजिक कर्तव्यहरुमा उत्साहित गराउदै समाज संगै राष्ट्रनिर्माणमा युवाहरुको भुमिका महत्पुर्ण हुनेभएकाले युवाको सहि लक्ष्य सहि गन्तव्य हुनुपर्ने वडा अध्यक्ष राम बहादुर श्रेष्ठले बताउनुभयो ।
उक्त करियर परामर्श,नेतृत्व बिकास तथा युवा सचेतना कार्यक्रममा, शंखादेवी माध्यमिक विद्यालयका प्रधानध्यापक नृत्यनन्द सुवेदी ,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी,अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस