धादिङ १९ जेठ
नीलकण्ठ बालमन्दिर माविको ५० औँ स्वर्ण महोत्सव सम्पन्न भएको छ ।
शनिबार जिल्ला सदरमुकाम धादिङवेशी स्थित रहेको विद्यालयले एक भव्य कार्यक्रमको आयोजना गरी समारोह सम्पन्न गरेको हो ।
नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय उप सभापति तथा पुर्व उपप्रधान रक्षामन्त्री पुर्ण बहादुर खड्को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै संघीय सांसद रामनाथ अधिकारी,प्रदेश सांसद गोविन्द लम्साल,जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका उप सभापति तथा पुर्व उपप्रधानमन्त्री पुर्ण बहादुर खड्काले नीलकण्ठ नगरपालिकाले सुरु गरेको निशुल्क शिक्षा अभियान देशभर लैजानुपर्ने बताउनुभएको छ ।
उहाँले नीलकण्ठ बालमन्दिर माविले गरेको काम प्रशंसनीय भएको बताउनुभयो । शिक्षा क्षेत्र सुधारको लागि बनेको संघीय ऐनलाई पारित गरेर अघि बढ्ने समेत बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खड्काले विद्यालयको समस्याहरु समाधान गर्नको लागि आफु र आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।
त्यस्तै संघीय सांसद रामनाथ अधिकारीले नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय जिल्लाको जेठो विद्यालयको भएको भन्दै उहाँले विद्यालयको सफलताको शुभकामना दिनुभएको छ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विकासको लागि आफुले सहयोग गर्ने बताउनुभयो ।
नीलकण्ठ नगरपालिका मेयर भीम प्रसाद ढुंगानाले शिक्षा क्षेत्रको विकासको लागि नीलकण्ठ नगरपालिकाले अभियाननै सन्चालन गरेको बताउनुभयो । कक्षा १२ सम्मको शिक्षा निशुल्क गरेको भन्दै उहाँले शिक्षा क्षेत्रको गुणस्तरलाई ध्यान दिएर अघि बढ्ने बताउनुभयो । अबको केहि बर्षमा शिक्षा क्षेत्रमा धेरै सुधार देखिने भन्दै उहाँले अभिभावकहरुलाई विश्वास गर्नको लागि आग्रह गर्नुभयो ।
महान जनयुद्ध जनआन्दोलन मार्फत प्राप्त व्यवस्था र उपलब्धिलाई रक्षा गरी जनताको अवस्था परिवर्तन गर्न नीलकण्ठ नगरपालिकाले आवश्यक शैक्षिक रणनितीहरु अघि सारेको नगरउपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो । उत्पादन मुखी कृषि पर्यटन,समूदाय केन्द्रित बिकासको अवधारण लगायत पुर्ण निशुल्क शिक्षा तथा स्वास्थ्य बनाई समाजवाद उन्मुख नेपाली राजनितीको चरित्र निर्माण गर्न आम अभिभावक विद्यार्थी जनसमूदायमा आग्रह गर्नुभयो ।
त्यस्ते राजनैतिक दलको तर्फबाट मन्तव्य राख्नुहुँदै माओवादी केन्द्र जिल्ला संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी संस्थाका अध्यक्ष मनराज भण्डारी शैलेसले सामूदायिक विद्यालयको सङ्यात्मक पद्धतिलाई घटाई कक्षा १२ सम्मको निशुल्क शैक्षिक गुणस्तरमा लगेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । नीलकण्ठ वालमन्दिर विद्यालयको प्राविधिक व्यवस्थापनको पाटो लगायत शिक्षा क्षेत्रको बिकासमा माओवादी केन्द्र जिल्ला पार्टी सधै सकरात्मक रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, नेत्रावती डबजोङ गाउँपालिकाका उप प्रमुख सिता चोदेन नेपाली काँग्रेसका क्षेत्रीय सभापति राकेश धमला,माओवादी केन्दका मनराज भण्डारी,नगपालिका संघका सल्लाहकार सरोज अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुहुदै विद्यालयको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,विभिन्न पालिकाका अध्यक्ष एवं उप प्रमुख,छिमेकी विद्यालयका प्रधानाध्यापक,पुर्व विद्यार्थी संगठनका पदाधिकारी लगायत विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमकै अवसर पारेर विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरीएको थियो।कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले समेत सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो । नीलकण्ठ बालमन्दिर माविको प्राङगणमा एकता स्तम्भको उद्घाटन समेत गरीएको छ । तत्कालीन नीलकण्ठ माध्यमिक विद्यालयबाट विक्रम संवत २०६१ सालमा एसएलसी दिएका विद्यार्थीहरुले ६० वटा पानीको जार सहयोग गरेका छन् । यसैगरी पुर्व विद्यार्थीहरुले नगद १० लाख बराबरको अभिभावक प्रतिक्षालयको स्थापना गर्ने घोषणा गरेका छन् ।
उक्त विद्यालयमा करिब २६ सय विद्यार्थी अध्ययन गर्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस