धादिङ १९ जेठ
नेकपा माआवादी केन्द्र निकट जनवर्गिय मोर्चा तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङको सातौं जिल्ला भेला सम्पन्न भएको छ ।
शनिबार जिल्ला समन्वय समितीको सभाहलमा सम्पन्न उक्त भेलाबाट सूर्यबहादुर तामाङ संयोजक र अमृत तामाङ सचिव रहने गरी २१ सदस्यीय समिती गठन गरिएको छ ।
शुभकामना मन्तव्य राख्नुहुदै कार्यक्रमका प्रमुख अतिथि सूर्यमान दोङले १० वर्षे महान जनयुद्ध लगायत मुलुकका ऐतिहासिक परिवर्तनका आन्दोलनमा योगदान पुराएका तामाङ समूदायको अस्तित्व सहितको पहिचान माओवादी केन्द्रले स्थापना गर्ने बताउनुभयो ।
उहाँले पिपाको दर्जामा कैद गरेका सामान्तिको जरा उखेलेर नेपाली जनताले चाहेजस्तो व्यवस्था संस्थागत गरेको स्पष्ट पार्नुभयो । –‘व्यवस्था संगै जनताको अवस्था वदल्न माओवादी केन्द्रले जनपक्षिय मुद्धाहरुमा एजेण्डा अघि सारेको छ,यसमा दुईमत छैन’–प्रमुख अतिथि दोङले बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पुष्प विक्रम मल्लले हरेक संगठनले वडा वडामा गएर छलफल गरी जनप्रिय कार्यक्रमहरु अगाडी बढाउन पर्ने बताउनुभयो । त्यस्तै रुविभ्याली गाउँपालिका अध्यक्ष राम सिं तामाङले समाजमा वास्तविक र सहि कार्य गरे सबै जनता तामाङ राष्ट्रिय मुक्ति मोर्चामा संगठित हुने बताउनुभयो । उहाँले समाज विकासमा गम्भीरता पुर्वक अगाडि बढ्नुपर्ने बताउँनुहुदै समाजको नेतृत्व गर्नेले आफु पनि परिवर्तन हुनुपर्ने र नयाँ ढंगबाट निति तथा कार्यक्रम बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङको गठित कमिटीले गाउँबस्ती टोलमा संगठन निर्माण गरी बिकास संबृद्धि समाजवाद उन्मुखको लक्ष्यमा अग्रसर गराउन सहभागी नेतागणको आग्रह थियो ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङका सचिव अमृत तामाङले सञ्चालन गरिएको कार्यक्रममा जिल्ला समन्वय समिती संयोजक सूर्य बहादुर तामाङको अध्यक्षता तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय अध्यक्ष एवम् प्रतिनिधी सभा सदस्य सूर्यमान दोङ(लालध्वज)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, जिल्ला संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी लिमिटेडको अध्यक्ष मनराज भण्डारी(शैलेस) सचिव दिपक लामिछाने(सुबोध), रुविभ्याली गाउँपालिका अध्यक्ष राम सिं तामाङ, वाइसिएल धादिङको जिल्ला संयोजक राजन लम्साल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस