धादिङ १६ धादिङ
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ का जनप्रतिनिधी र सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ ।
बुधबार निलकण्ठ नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वडा नं। १२ स्थित पशुपति माविमा एक कार्यक्रमका बिच उक्त अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो ।
बालबालिकाहरुको सर्वाङ्गिण विकासमा निलकण्ठ नगरपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको प्रमुख प्रशासिकय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनु भएको छ ।
नीलकण्ठ नगरपालिकाका वडालाई बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरा गर्न सबै सरोकारवाला एकताबद्ध भएर घर,घर ,टोल टोलमा बालमैत्री व्यवहार अबलम्बन गरि बालबालिकाहरुको बाल अधिकार र शैक्षिक उपलब्धि र संस्कारयुक्त शिक्षा केन्र्दित अभियानमा लागि परेको सुवेदीले बताउनुभयो ।
निलकण्ठ नगरपालिका वडा नं १२ वडास्तरीय अभिमुखिकरणमा अधिकृत सुवेदीले बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य भनेको बालबालिकाको सर्वाेत्तम हित , सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति , योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि वडा सरकारको भएकोले निलकण्ठ नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाको लागि वडा,वडामा अभियान कै रुपमा संचालन गर्न लागिएको पनि सुवेदीले बताउनु भयो ।
कार्यक्रममा निलकण्ठ नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला केसिले नगरपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताउनु भयो ।
वडा नं १३ का वडाध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको वडा सदस्यहरु, वडा भर रहेका बिद्यालय प्रधानाध्यापकहरु , विद्यालय व्यवस्थापन समितका अध्यक्षहरु, स्वास्थ्य संस्था प्रमुख , सहकारीका प्रतिनिधिहरु , महिला समुह,बालक्लब संञ्जालका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरु समेत गरि वडा नं. १२ पशुपति माविमा भएको कार्यक्रममा ६१ जनाको सहभागीता रहेको थियो । बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न वडा तहका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको बताउनु भयो ।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन तथा समुदाय परिचालन, बालबालिकामा लगानी योजना लगायत बिषयमा बाल अधिकार अभियान्ता तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिबद्धता गरेका छन् । अभिमुखिकरण कार्यक्रम कै क्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम नीलकण्ठ नगरपालिका वडा नं. १२ को वडाध्यक्ष अध्यक्षता धर्मराज भण्डारीको १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको पनि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला केसिले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस