धादिङ ०५ मङ्सिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्वर १२ आँगेटारीकी करिना थापा मगरको परिवारलाई आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । प्यारालाइसिसका कारण ओछ्यान परेकी करिनाकी आमा लक्ष्मी थापा मगरको स्वास्थ्य उपचार, करिना, बहिनी सोम कुमारी र भाइ काजीराम थापा मगरको पठन पाठनको लागि सहयोगी मनहरु बढिरहेका छन् । यता सहयोग रकम जुटिरहदा फरक फरक दुई वटा बैँक खाता सञ्चालन हुदा सहयोग गर्न चाहनेहरु अन्यौलमा परेका छन् । सहयोग गर्न चाहेता पनि २ वटा फरक फरक बैंक खाता सञ्चालन गरिदा आफूले गरेको सहयोगको सही सदुपयोग हुन्न कि भन्ने आशङ्का उब्जिएको सहयोगी दाताहरुको गुनासो छ ।
सोही वडाका अध्यक्ष बाबुराम लम्सालले आफू सम्पूर्ण वडाबासीको अभिभावकको हैसियतले ती पीडित बालबालिकाको संरक्षण गर्ने जिम्मेवारी पनि आफ्नो रहेकाले सानिमा बैँकमा बाबुराम लम्साल र इन्द्र बहादुर ढिकी मगर संरक्षक रहने गरी काजिराम थापा मगर, करिना थापा मगर र सोम कुमारी थापा मगरको नाममा खाता सञ्चालनमा ल्याएका हुन् । उता करिना र उनका भाइ, बहिनी अध्ययनरत विद्यालय साङ्कोष मा.वि का प्रधानाध्यापक खेसर प्रसाद काप्रीले भने उनीहरुको दोस्रो अभिभावक विद्यालय रहेको जिकिर गर्दै विद्यालयका शिक्षक राम प्रसाद लामिछाने, अभिभावकहरु बल बहादुर थापा र विद्यालय व्यवस्थापन समिति सदस्य एवं अभिभावक टीका मगर रहने गरी राष्ट्रिय वाणिज्य बैँकको धादिङ शाखामा खाता सञ्चालनमा ल्याएको बताएका छन् ।
वडा अध्यक्ष बाबुराम लम्सालले जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता गराउन तयार गरेको निवेदन
तर राष्ट्रिय वाणिज्य बैँक धादिङ शाखामा बुझ्दा उक्त खाता करिनाको परिवार सम्बन्धित नरहेको नितान्त व्यवसायिक भएकाले सञ्चालक ३ जना मध्ये २ जनाको हस्ताक्षर भएपछि रकम झिक्न मिल्ने बताएका छन् । वडा अध्यक्ष लम्सालले राष्ट्रिय वाणिज्य बैँकमा रहको खाता अबैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङलाई उचित छानबिन गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् ।
वडा अध्यक्ष, अध्ययनरत विद्यालय र अभिभावकहरुसँग उचित समन्वय हुन नसक्दा पीडित परिवारलाई जति आर्थिक सहयोग जुट्न पर्ने हो त्यसमा कमि भने पक्कै आउने देखिन्छ ।
हाल सञ्चालित खाताहरु
सानिमा बैँकमा बाबुराम लम्साल र इन्द्र बहादुर ढिकी मगर संरक्षक रहने गरी काजिराम थापा मगर, करिना थापा मगर र सोम कुमारी थापा मगरको नाममा खाता नं. ००४११०८००००३८८
राम प्रसाद लामिछाने, अभिभावकहरु बल बहादुर थापा र विद्यालय व्यवस्थापन समिति सदस्य एवं अभिभावक टीका मगर रहने गरी राष्ट्रिय वाणिज्य बैँकको धादिङ शाखामा खाता नं. १०३००२०२८८१०
वडा अध्यक्ष बाबुराम लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंश
प्रतिक्रिया दिनुहोस