धादिङ १४ जेठ
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा बेरुजु शुन्य देखिएको छ ।
महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार देशभरको ७ सय ५३ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा धादिङको बेनीघाट रोराङ पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ७ सय ५३ स्थानीय तह मध्ये बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो ।
प्रतिवेदन अनुसार जिल्लाको अन्य पालिकाहरुको बेरुजु फछ्यौटमा गल्छी गाउँपालिकाको १ दशमलव २१ , गंगाजमुना गाउँपालिकाकोे १ दशमलव ४५, त्रिपुरासुन्दरी गाउंपालिका २ दशमलव ०२, सिद्धलेक गाउँपालिका २ दमलव ०३ रहेको छ ।
त्यस्तै रुविभ्याली गाउंपालिकाको २ दशमलव ६२, गजुरी गाउँपालिकाको २ दशमलव ७१, ज्वालमुखी गाउँपालिकाको ३ दशमलव ०४ रहेको छ भने थांक्रे गाउँपालिकाको ५ दशमलव ८२ र धुनिवेशी नगरपालिकाको ९ दशमलव १३ प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षको प्रतिवेदनले देखाएको छ ।
तीन वटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणमा आधारित उक्त प्रतिवेदन महालेखा परीक्षक कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस