धादिङ १४ जेठ
जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभुकुमार झा ले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न वालबालिकाहरुलाई अनिवार्य पोलियो रोग विरुद्धको‘आइपिभी’ खोप लगाउनुपर्ने बताउनुभएको छ ।
सोमबार सामुदायिक रेडियो रेडियो बिहानीको कार्यक्रम स्वास्थ्य सवालमा कुराकानी गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । जेठ १३ गते आइतबार बाट धादिङ सहित देशभर पोलियो विरुद्धको आई.भि.पि खोप अभियान राष्ट्रव्यापी रुपमा सुरु भईसकेको जानकारी गराउदै रोग रोकथाम गर्नका लागि खोप अत्यन्त उपयोगी, सस्तो, सुरक्षित, भरपर्दो र प्रभावकारी माध्यम भएको बताउनुभयो ।
२०७३ साल बैशाखदेखी २०७५ असोज मसान्तसम्म जन्मेका बालबालिका (साढे ५ बर्षदेखी ८ बर्षभित्रका) लाई खोप लगाईने बताउनुभयो । उहाँका अनुसार जिल्लाको ४ सय ८० खोप केन्द्रबाट १२ हजार ७९० बालबालिकालाई खोप लगाईने छ ।
जनस्वास्थ्य कार्यालय प्रमुख झाका अनुसार पहिलो चरणमा जेठ १३ देखि १७ गतेसम्म धुनिबेसी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ, रुवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिकामा संचालन हुने छ । यस्तै दोस्रो चरणमा जेठ २० गते देखि २६ गतेसम्म निलकण्ठ नगरपालिका, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा संचालन हुने जानकारी दिनुभयो ।
उहाँले उक्त खोप अभियानको क्रममा वालवालिकाहरुमा गम्भीर किसिमको प्रतिकुल असर देखिएमा राष्ट्रिय खोप हानी क्षतिपुर्ति कार्यक्रम समेत सञ्चालनमा रहेको बताउनुभयो । –“यदि खोप लगाउने क्रममा चाहे त्यो अभियान होस् या हामीले नियमित सञ्चालित गर्ने खोप होस् प्रत्येक पटकको खोप लगाउदा खेरी जसरी स्वास्थ्य कर्मिले खोप लगाउने सामाग्री लिएर खोप केन्द्रमा जानुहुन्छ त्यसैगरि ए ई एफ आई(बभाष्) किट भन्ने हुन्छ ,खोप लगाए पश्चात कुनै अवाञ्छित घटना देखिएको छ भने त्यो घटना व्यवस्थापन गन{का लागि आवश्यक पर्ने सम्पुर्ण औषधिहरु अनिवार्य रुपमा लिएर गएको हुन्छ, त्यसैले हामीले खोप लगाए पश्चात आधा घण्टा कुराएर राखेका हुन्छौ यदि केहि समस्या देखियो भने खोप लगाएको पाँच दस मिनेटमा देखा पर्छ र तत्काल उपचार गर्ने व्यवस्था मिलाउछौ ”–उहाँले भन्नुभयो ।
उक्त अभियानमा सबैले सक्रिय सहभागिता जनाएर अभियान सफल बनाउनका लागि जनस्वास्थ्य काय{लय धादिङका प्रमुख झा ले सम्पुर्ण सरोकारवाला निकाय स्थानीय तहका नागरिकहरुमा आग्रह समेत गर्नुभयो ।
पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान आगामी जेठ २६ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस