धादिङ १४ जेठ
धादिङको नीलकण्ठ नगरपालिकामा युवासंग उपमेयर करियर परामर्श,नेतृत्व बिकास तथा युवा सचेतना कार्यक्रम उद्घाटन भएको छ ।
आईतबार नीलकण्ठ नगरपालिकाको आयोजनामा वडा नम्बर १ स्थितको प्रकाश माध्यमिक विद्यालयमा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा उद्घाटन भएको हो ।
कक्षा,१०,११,१२ र ४० बर्ष मुनिका युवाहरुलाई सहभागिता गराई नगरपालिका भित्रका सबै वडाहरुको २० स्थानमा कार्यक्रम सन्चालन गरीने उप प्रमुख विश्वकर्माले बताउनुभयोे ।
देशको भविष्यको कर्णदार युवा भएकाले युवालाई सकरात्मका सोचको बिकास गरी देशमै केहि गर्न सम्भव छ स्थानीय सरकार साथमा छ युवाहरुलाई करियर सम्बन्धी परामर्श,आवश्यक सिपमूलक तालिम लगायत सामाजिक बिकास र संबृद्धिमा युवाको नेतृत्व र सहभागीता लगायतका युवासंग लक्षित युवासंग उपमेयर कार्यक्रमको आयोजना गरिएको नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।
यो देश काम छैन,यो समाजका नेतृत्वले केहि गर्न सकेन भन्ने भाष्य श्रृजना हुदै विदेश जाने परीपाटीलाई अन्य गर्दै सामाजिक कर्तव्यहरुमा उत्साहित गराउदै राष्ट्रनिर्माणमा युवाहरुको भुमिका महत्पुर्ण हुन्छ त्यसैले युवाको सहि लक्ष्य सहि गन्तव्य सहि परामर्शसहितको कार्यक्रम युवासंग उपमेयर राखेको र आगामी आर्थिक वर्षहरुमा अझ व्यवस्थित बनाउनेछु’–उपप्रमुख विश्वकर्माले भन्नुभयो ।
उक्त युवासंग उपमेयर करियर परामर्श,नेतृत्व बिकास तथा युवा सचेतना कार्यक्रमको परिवर्तन अभियान नेपालका प्रशिक्षकहरु बिकास थापा, अमिशा धिमाल, पार्वती लामाले सहजीकरण गर्नुभएको थियो ।
युवा सचेतना तथा करियर परामर्श,नेतृत्व बिकास तालिमलाई नीलकण्ठ नगरपालिकाले आयोजना गरेको्मा उपप्रमुख दिपक विश्वकर्मा मार्फत सिङगो नगरपालिका टिमलाई स्थानीयवासी अभिभावकले ेधन्यवादसमेत दिएको दिएको थियो ।
उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको प्रमुख आतिथ्यता, नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा अधिकृत लोकनाथ उपाध्यय,१ नम्बर वडा सदस्य प्रेक्षा तामाङ,प्रधानध्यापक शंकर अधिकारी,नगर उपप्रमुख सचिवलय सदस्य श्री कृष्ण रिजाल,स्थानीय युवा विद्यार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस