धादिङ १३ जेठ
नेकपा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्तिमोर्चाको ऐतिहासिक धादिङ जिल्ला भेला आगामी जेठ १९ गते गर्ने भएको छ ।
आईतबार जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष सूर्य बहादुर तामाङको अध्यक्षता जिल्ला ईन्चार्ज एवम् संविधानसभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा वैठक वसी आगामी जेठ १९ गते जिल्ला भेला गर्ने निर्णय गरेको हो । उक्त वैठकमा पार्टी केन्द्रिय सदस्य राम बहादुर भण्डारी,जिल्ला संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी संस्थाका अध्यक्ष मनराज भण्डारी(शैलेस)को विशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त जिल्ला भेला जिल्ला समन्वय समितीको सभाहलमा सम्पन्न हुने तामाङ राष्ट्रिय मुक्तिमोर्चा सचिव अमृत तामाङ्ले रेडियो बिहानीलाई बताउनुभयो । भेला सम्पन्न गर्नाको लागि ३ उपसमिती समेत गठन गरिएको छ ।
जसमा आर्थिक समिती संयोजकमा उर्मिला तामाङ,सदस्यमा पेमा वाङ्गेल लामा,सेतीमाया तामाङ,रहेका छन् । यस्तै कार्यक्रम व्यवस्थापनमा संयोजकमा अमृत तामाङ,सदस्यमा दिपक तामाङ,प्रचारप्रसार संयोजकमा पत्रकार निर तामाङ र सदस्यमा प्रकाश तामाङ लगायतको उपसमिती गठन भएको हो ।
तामाङहरुको भाषा संस्कृति परम्परालाई संरक्षण बिकास गर्न राष्ट्रिय स्तरमा एजेण्डा स्थापित गर्न सम्पुर्ण देशभक्ति मुक्तिकामी बिकास र संबृद्धिप्रेमी तामाङहरु उपस्थित भई सभ्य र भव्य रुपमा सम्पन्न गराउन उपस्थित नेतागणले अनुरोध समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस