धादिङ ६ जेठ
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार माइतीघर मण्डलामा पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएको नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँको मागलाई ऐक्यबद्धता जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अटिजम काउन्सिलरका लागि इजाजत पत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको बताउनुभयो । उहाँले अनुमतिपत्र भएपछि मात्र विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि बताउनुभयो ।
आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन माग गर्नुभएको र विद्यार्थीको खाजा खर्च १५ रहेकोमा ५० बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित विगत पाँच दिनदेखि उभिएर विरोध जनाइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस