धादिङ ५ जेठ
धादिङको न्यू धादिङ वोर्डिङ स्कुल र धादिङ आवासीय माध्यमिक विद्यालयको आयोजनामा ३ दिने शिक्षण सिकाई तालिम सम्पन्न भएको छ ।
शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि गुणस्तरीय शिक्षा प्रदानको लागि शैक्षणिक पद्धति,व्यवस्थापन तथा विद्यार्थी अध्यापनका लागि सञ्चालन गरिएको ३ दिने शिक्षक तालिम सम्पन्न भएको हो ।
न्यू धादिङ वोर्डिङ स्कुल र धादिङ आवासीय माध्यमिक विद्यालयलको संयुक्त आयोजनामा उक्त ३ दिने तालिमको आयोजना गरिएको थियो ।
दुई विद्यालयको ४२ जना शिक्षक शिक्षिकाहरु सहभागी रहेको तालिममा कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यक्रममा उल्लेखित सिकाई उपलब्धी पुरा गर्न शिक्षकले निर्वाह गर्नु पर्ने भुमिका, प्रक्रिया र पद्धतिका वारेमा प्रशिक्षक राजेन्द्र दाहालले सहजीकरण गरिएको थियो ।
तीन दिने शैक्षिणिक विधी र पद्धति तालिमले पाठ्यक्रममा आधारित शिक्षण सिकाई नै महत्वपुर्ण भएको बताउदै सहभागी शिक्षकले पठनपाठनमा सहज भई विद्यार्थीको मनोवल उच्च बनाउन थप प्रेरणाको स्रोत भएको बताउनुभयो ।
शिक्षकले विद्यार्थीहरुलाई पस्काईरहेको ज्ञानलाई समयसापेक्षा अपडेट गरी विद्यार्थीको क्षमता र शिक्षकको अध्यापन गराउने विधी र पद्धतिबारे जानकारी गराउन तालिमको आयोजना गरिएको धादिङ आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल ईश्वरी प्रसाद पाण्डेले रेडियो बिहानीलाई बताउनुभयो ।
न्यू धादिङ वोर्डिङ स्कुल र धादिङ आवासीय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर बृद्धि सिकाई उपलब्धी र पद्धतिबारे समय समयमा विभिन्न विषयबस्तु केन्द्रित कार्याशाला सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस