धादिङ ५ जेठ
धादिङमा नेपाली विषय अध्यापन गराउने शिक्षक शिक्षिकाको लागि १ दिने कार्याशाला सम्पन्न भएको छ ।
शनिबार राष्ट्रिय निजी तथा आवासीय एसोसीयसन नेपाल धादिङ(एन प्याब्सन) को आयोजना तथा ग्रिन बुक पब्लिकेशन काठमाण्डौँको सहकार्यमा सम्पन्न गरिएको हो । उक्त कार्यशालामा जिल्ला भरिका ३१ जना शिक्षक शिक्षिकाको सहभागी रहेको थियो ।
निजी विद्यालयमा अध्यापनरत नेपाली विषयका शिक्षक शिक्षिकालाई शिक्षण सिकाई,विधी र उपब्धिबारे प्रशिक्षणात्मक कार्याशाला सञ्चालन गरिएको नेशनल प्याब्सन धादिङका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस