धादिङ ०४ मङ्सिर
अन्तर्राष्ट्रिय बालअधिकार दिवसरको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार नीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको गणेश हिमाल क्याम्पस धादिङमा बालबालिका विरुद्धका कसुर र न्यायिक उपचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धादिङ जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय धादिङका जिल्ला न्यायाधिवक्ता बालकृष्ण वाग्लेले बालबालिका विरुद्धका अपराधमा प्रहरीको घटना अनुसन्धान, जिल्ला वकील कार्यालयले घटनाको अभियोजन र धादिङ जिल्ला अदालतले न्याय सम्पादनमा खेल्ने भूमिकाको बारेमा प्रष्ट पार्नु भएको थियो ।
यस्तै जिल्ला न्यायधीष देवेन्द्र पौडेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय धादिङका जिल्ला न्यायाधिवक्ता बालकृष्ण वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्का, जिल्ला सरकारी वकील कार्यालय धादिङका सह–न्यायधिवक्ता गोविन्द्र हुमागाई, गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी पाण्डे लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस