धादिङ ०३ जेठ
जिल्ला प्रशासन कार्यालय धादिङमा पत्रकार सम्मेलन तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
विहीबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक वर्षको कार्यकाल भरी जिल्ला प्रशासन कार्यलय र मातहातका निकायबाट प्रवाह भएका सेवा सुविधा, जन अपेक्षा अनुसार थप गरिएका सुरक्षा समन्वय लगायतका विषयको प्रगती प्रतिवेदनको रुपमा प्रस्तुत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारीको कार्यकालमा उल्लेखनीय नवीनतम् र सृजनशील कार्यहरु गरेका छन् । नेपाल सरकार गृहसचिव र प्रमुख जिल्ला अधिकारीबिचको कार्यसम्पादन सम्झौँतामा गत वर्ष ७१ स्थानमा रहेको यस वर्षको अर्धबार्षिक मूल्याङ्कनमा १५ औँ स्थान प्राप्त गर्न सफल भएको छ । तेस्रो त्रैमासिकको मूल्याङ्कन १७ पुर्णाङ्कमा १६.७५ अंक ल्याएका छन् ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बार्षिक कार्ययोजना निर्माण र कार्यान्वयन,एकीकृत जिल्ला सुरक्षा योजना लागू गरी चाडपर्व लक्षित,विशिष्ठ व्यक्ति भ्रमण सुरक्षा,स्थानीय तह सरकारसंग प्रत्यक्ष समन्वय र सहकार्य , जिल्ला स्तरीय लागूऔषध नियन्त्रण कार्ययोजना निर्माण तथा लागू,सुरक्षाकर्मी परिचालन,जिल्ला स्थित ३ स्थानमा प्रहरी पोष्टको स्थापना,नदी जन्य,खनिज जन्य दोहनमा नियन्त्रण,राजमार्ग सुरक्षा योजना तयार तथा कार्यान्वयन लगायतका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिएको छ ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को बैशाख मसान्त सम्ममा राहदानी तर्फ र अन्य जरिवाना शुल्क गरी ६ करोड ३७ लाख ५१ हजार ९८५ रुपैया राजश्व संकलन गरिएको छ । जसमा धरौटी १३ लाख २० हजार ०७४ मध्येमा धरौती फिर्ता १ लाख ९८ हजार ०६० रहेको छ ।
जिल्ला स्थितका विभिन्न राजनैतिक दल,समाजसेवी,गैरसरकारी संस्था महासंघ,नागरिक समाजका अगुवा,बुद्धिजीवी स्थानीय नागरिकहरु सहभागी रहेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको कार्यलाई उच्च प्रसांशा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस