धादिङ २२ बैशाख
धादिङको नीलकण्ठनगरपालिका वडा नम्बर ३ स्थितको बजार क्षेत्र सरसफाई गरिएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय धादिङ को आयोजनामा बिहान ७ बजे सिरानबजार देखि बिच बजार सम्मको विभिन्न स्थान वरिपरि प्लाष्टिकजन्य,कुहिने लगायतको फोहोर संकलन गरि डम्पिङ साईडमा व्यवस्थापनको लागि पठाएको हो । सदरमुकाम मार्फत नै फोहोर व्यवस्थापनको सन्देश सबै धादिङबासी नागरिकलाई दिन खोजिएको टोल बिकास संस्था महासंघ धादिङको अध्यक्ष नर बहादुर श्रेष्ठले रेडियो बिहानीसंग बताउनुभयो ।
त्यस्तै डिभिजन वन कार्यालय धादिङका निमित्त कार्यलय प्रमुख वन अधिकृत टंक नारायण श्रेष्ठले वातावरण संरक्षण तथा सहरी वन कार्यक्रम अन्तर्गत टोल बिकास संस्था महासंघ लाई डिभिजन वनकार्यालयको बाट आर्थिक सहयोग समेत गरिएको बताउदै मानव जीवनको स्वास्थ्यमा तत्काल असर पार्ने फोहोर मैलालाई व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय वन डढेलो विकराल बन्दै गएको बताउदै जानीजानी डढेलो नलगाउन अनुरोध गर्नुभयो । यदि लगाएको सूचना प्राप्त भए कानुनी कार्वहरु गर्ने पनि बताउनभयो ।
उक्त सरसफाई अभियानमा विभिन्न टोल सुधार समितिका सदस्यहरु डिभिजन वन कार्यालयका सदस्यहरु,नेपाल प्रहरी,सशस्त्र प्रहरी वल धादिङ, पुर्व प्रहरी संगठन, नगर प्रहरी स्थानीयबासी लगायत ९५ जनाकोउपस्थितीमा सरसफाई सम्पन्न गरिएको हो ।
सदरमुकाम धादिङवेशीमा विभिन्न संघ तथा संस्थाको आयोजनामा हरेक साता सप्ताहव्यपी सरसफाई कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस